दैलेख मा एकदिन ९१ जना मा कोरोना पुष्टि एउटै वडा मा ४२ सङ्क्रमित

कर्णालीमा आज एकै दिन एक सय जना कोरोना संक्रमीत थपिएका छन।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला ९७ र सुर्खेतमा गरिएको परिक्षणमा ३ जनामा कोरोना पोजेटिभ देखिएको हो। सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखाका प्रमुख डा लक्ष्मी नारायण तिवारीले दैलेखका ९१ जनामा कोरोना पुष्टि भएको बताउनुभयो। योसंगै कर्णाली प्रदेशमा कोरोना भाइरस संक्रमितको स‌ंख्या ४ सय ८९ पुगेको छ। तीमध्ये दैलेखको एउटै वडामा ४२ जनामा कोरोना संक्रमण देखिएको छ । जिल्लाको महाबु गाउँपालिका-२ वडाखोलामा एकै दिन ४२ जनामा कोरोना पुष्टि भएको हो भने महाबु गाउपालिका मा जम्मा ६४ र दुल्लु नगरपालिका मा २७ जना मा कोरोना पोजेटिभ देखियको हो।
त्यस्तै जाजरकोटमा संक्रमण देखिएसंगै कर्णालीका सात जिल्लामा संक्रमण फैलिएको छ। कर्णालीमा अहिले सम्म सबै भन्दा धेरै दैलेखका ३ सय ९ जना मा संक्रमण देखिएको छ भने सुर्खेत ६२ ,सल्यानमा ५५ कालिकोटमा २५ मुगुका दुइ जनामा कोरोना पोजेटिभ  देखिएको छ।