रुकुम हत्याकाण्ड का हत्यारा हरुलाइ कुनैपनि हालतमा उन्मुक्ति दिनुहुँदैन -युवानेता सुनार।

रुकुम जाजरकोट घटना लाई लिएर खवदारि सभामा वोल्दै नेपाल कम्युनिष्ट पार्टी(नेकपा)दुल्लु नगर कमिटिका सदस्य एवं समाजसेवी तिर्थ सुनारले घटनामा संलग्न व्यक्तिहरुलाई कडा कार्वाहीको माग राखेका छन्। नेता सुनारले एकाईसौ सताब्दीको र्ववरपुर्ण मानवता विरोधि रुकुम हत्या काण्डमा संलग्नलाई आजिवन कारावास राख्न,मृत्यकलाई सामाजिक सहिद घोषणा गर्न,घाईतेको निशुल्क उपचार गर्न र मृतकका परिवारलाई उचित राहत दिन सरकार सग जोडदार माग राखेका छन्।
विरोध सभामा वोल्ने सामाजिक अभियान्ताले पनि यो घटना लाई कमजोर पार्न राजनितिक रंग नदिएर पिडितले न्याए पाउनु पर्ने र पिडकले सजाए पाउनुपर्नेमा जोडदिएका छन्।
एक महिना देखि नै रूकुम पश्चिम सोती हत्याकाण्डको घटनालाई लिएर राजनितिक तथा सामाजिक कार्यमा लागेका तिर्थ सुनार लगाएतका तमाम युवाहरुले घटना भए देखि विरेन्द्रनगर सुर्खेतमा विभिन्न खाले विरोधका कार्यक्रमहरु गदै सरकारलाई खवरदारि गर्दै आएका छन्।