कर्णाली प्रदेशका संसदीय दलका नेता तथा मुख्यमन्त्री महेन्द्र बहादुर शाहीविरुद्ध आफ्नै पार्टीका सांसदहरुले ल्याएको अविश्वासको प्रस्ताव तुहिएको छ । अन्ततः शाहीको पक्षमा २० जना सांसद उभिएका छन् ।
यसअघि शाहीलाई हटाउनुपर्छ भनेर अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका माधव नेपाल समूहका ८ जना सांसद शाहीको पक्षमा उभिएका छन् भने पूर्व माओवादी समूहबाट १२ जना शाहीको पक्षमा उभिएसँगै शाहीविरुद्धको अविश्वासको प्रस्ताव तुहिएको छ ।
स्मार्ट कर्णाली । २७ आश्विन २०७७, मंगलवार १७:३२ बजे