अशाेक शाही
पाैष १६, सुर्खेत
राष्टिय प्रजातन्त्र पाट्रीका केन्दिय सदस्त तथा युवा नेता जनक सिंहले गुराँस अस्पताल लाई अक्सिजन कन्सन्ट्रेटर सहयोग गर्नुभएको छ । विश्वव्यापी महामारीका रूपमा फैलिएको नवेल काेराेना भेरियन्टको भाइरसबाट सङ्क्रमितलाई अक्सिजनको अभाव हुन दिन एक कार्यक्रम बिच शुक्रबार नेता सिंहले अक्सिजन कन्सन्टेटर हस्तान्तरण गर्नुभएको हाे । ५ वटा ब्याटकाे क्षमता रहेको अस्पतालमा काेभिडका बिरामी र दम लगायतका अन्य बिरामीले अक्सिजनकाे अभावमा ज्यान गुमाउनु नपाहाेस् भन्ने हेतुले आफुले सहयोग गरेको नेता सिंहले बताउनुभयो । हस्तान्तरण कार्यक्रममा बाेल्दै नेता सिंहले हरेक नागरिकको जीवनसँग जाेडिएकाे स्वास्थ्य जस्तो सम्देनशिल क्षेत्रमा कसैले पनि खेलवाड गर्ननहुने बताउनुभयो । नागरिकले सहुलियत रुपमा उपचार पाउनु नागरिककाे नैसर्गिक अधिकार भएकाले स्वास्थ्य क्षेत्रलाई गम्भीरतापूर्वक लिनुपर्ने बताउनुभयो ।
नेताहरू चुनावकाे बेला झुटा आश्वासन मात्रै दिने तर आफू जितेर गएपछि पुनः नफर्किने गरेको भन्दै आगामि चुनावमा जनताले त्यस्ता नेतालाई चिन्नुपर्ने बताउनुभयो । हस्तान्तरण कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका कर्णाली प्रदेश सचिव सुर्य बहादुर शाहि, वडा नम्बर १० का पार्टी वडा अध्यक्ष लाल बहादुर रावल लगायतको सहभागीता रहेको थियो ।
स्मार्ट कर्णाली । १६ पुष २०७८, शुक्रबार १८:४० बजे