कालिकोट जिल्ला समन्वय समितिको निर्वाचनका लागि पाँचदलिय गठबन्धन भएको छ।
नेकपा माओवादी केन्द्रको भागमा समन्वय समितिको प्रमुख र उप-प्रमुख सहित ६जना सदस्य परेका छन् भने,नेपाली काँग्रेसको भागमा २ सदस्य र नेकपा एकीकृत समाजवादीको भागमा १ सदस्य परेको छ।
गठबन्धनको तर्फबाट जिल्ला समन्वय समितिको प्रमुखमा नेकपा माओवादी केन्द्रका कर्णाली प्रदेश कमिटी सचिव धनजित शाही (आदर्श )ले उम्मेदवारी दर्ता गरेका छन् भने उप-प्रमुखमा मिना रावत(विक)ले उम्मेदवारी दर्ता गरेकि छन् ।त्यस्तै नेकपा एमालेको तर्फबाट तुलाराज शाहीले जिल्ला समन्वय समितिको प्रमुखमा उम्मेदवारी दिएका छन् ।
९वटा स्थानीय मध्य खाँडाचक्र नगरपालिका उप-मेयर,महावै गाउँपालिका अध्यक्ष,शुभकालिका गाउँपालिका अध्यक्ष,शान्नित्रिवेणि अध्यक्ष,रास्कोट नगरपालिका मेयर,पचालझरना गाउँपालिका अध्यक्ष ,उपाध्यक्ष,पलाँता गाउँपालिका अध्यक्ष,उपाध्यक्ष,नरहरिनाथ गाउँपालिका उपाध्यक्ष नेकपा माओवादी केन्द्रले विजयी गरेको छ ।
तिलागुफा नगरपालिका मेयर,नरहरिनाथ गाउँपालिका अध्यक्ष ,शुभकालिका गाउँपालिका उपाध्यक्षमा नेपाली काँग्रेसले विजयी गरेको छ।त्यस्तै तिलागुफा नगरपालिका उप-मेयर,शान्नित्रिवेणि गाउँपालिका उपाध्यक्ष ,महावै गाउँपालिका उपाध्यक्ष नेकपा एमाले विजयी गरेको छ। रास्कोट नगरपालिका उप-मेयर नेकपा एकीकृत समाजवादीले विजयी गरेको छ।
खाँडाचक्र नगरपालिका मेयर मा भने स्वतन्त्र र नेकपा माओवादी केन्द्रको गठबन्धन बाट निर्वाचित मेयर कमल बहादुर शाहीले भने कसलाई सहयोग गर्ने हुन् त्यो चाहि अहिलेसम्म खुलेको छैन् ।आस्थाको आधारमा शाही नेकपा एकीकृत समाजवादी हुन् तर अहिलेसम्म पार्टीमा भने फर्किएका छैन् ।
स्मार्ट कर्णाली । २१ जेष्ठ २०७९, शनिबार ०७:४५ बजे