सुर्खेत । आउने मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनका लागि कर्णाली प्रदेशमा राजनिति दलहरु चुनावि अभियानमा लागिरहेका बेला कर्णाली प्रदेशमा ह्वीबेट नेताहरुको चुनाबि मैदानको बारेमा पनि विभिन्न विश्लेषण भइरहेका छन् । कर्णाली प्रदेशका प्रथम मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको निर्वाचन क्षेत्र कालिकोट यो पटकको निर्वाचनमा भने झनै चर्चाको विषय बनेको छ । कारण हो २०७० को दोस्रो संविधान सभाको निर्वाचन यता कालिकोटबाट निरन्तर विजयी हुदै आएका प्रथम मुख्यमन्त्री शाही यो पटक मंसिर ४ गते हुने निर्वाचनमा पनि गठबन्धनको तर्फबाट सर्वसम्मत उम्मेदवार बने । उनै महेन्द्र बहादुर शाहीका विरुद्ध बागि उम्मेदवारको रुपमा उनकै पूर्व सहकर्मी तत्कालिन नेकपा (माओवादी केन्द्र)का नेता समेत रहेका कासिचन्द्र बरालले प्रतिनिधि सभा सदस्यको लागि स्वतन्त्र उम्मेदवारी दिए ।
पछिल्लो पटक तत्कालिन नेकपा (माओवादी केन्द्र) र नेकपा एमाले बीचको पार्टी एकिकरण पछि नेकपा एमाले र माओवादी केन्द्र बीचको अन्तरसंघर्षका कारण तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले दुई दुई पटक प्रतिनिधि सभा विगठन गरे । पार्टीको निति र विधान बमोजिम नचलेको भन्दै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतका नेताहरुले प्रधानमन्त्री समेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कार्वाही गरे पश्चात अदालतको आदेशमा पुन यी दुई पार्टी आ–आफ्नो पूर्ववत अबस्थामा समाहित हुन पुगे । त्यो बेला तत्कालिन नेकपा (माओवादी केन्द्र)का नेता समेत रहेका कासिचन्द्र बराल सहित केहि नेताहरु कालिकोटबाट नेकपा एमालेमा प्रवेश गर्न बालकोट पुगेका थिए तर पछि पूर्व मुख्यमन्त्री शाहीकै आग्रहमा उनै नेता कासिचन्द्र बराल माओवादी केन्द्रमै रोकिएको नेकपा माओवादी केन्द्र कालिकोटका एक नेता बताउछन् ।
प्रतिनिधि सभा सदस्यका उम्मेदवार महेन्द्र बहादुर शाहीका विरुद्ध बागी उम्मेदवारका रुपमा कासिचन्द्र बरालले उम्मेदवारी दिए पनि त्यसले माओवादी केन्द्र र गठबन्धनलाई कुनै असर नपर्ने कालिकोट माओवादी नेताहरुले बताउने गरेका छन् । उहाँ कासिचन्द्र बराल नेकपा माओवादी केन्द्रमै रहे पनि उहाँको मन एमालेमा गइसकेको थियो त्यसैले पार्टीको आन्तरिक जीवनमा उहाँको अनुपस्थितिले कुनै असर पर्दैन उनले भने,।’
शाहीको सफलता जुन मोर्चा समाल्यो त्यहाँ जित निश्नित
शाही माओवादी बृतका यस्ता भाग्यमानी नेता हुन् जसले नेतृत्व गरी समालेका तत्कालिन माओवादी जनयुद्धकाल देखि शान्ति प्रक्रियाका राजनिति मोर्चाहरुमा समेत हार व्यहोर्नु परेको छैन । त्यसैले पनि अहिलेको यो चुनावी मोर्चा उनै शाहीको पक्षमा हुने निश्चित जस्तै देखिएको राजनैतिक विश्लेषकले टिप्पणी गर्ने गरेका छन् ।
२०७४ को दोस्रो संविधान सभाको निर्वाचन नजिकिएको बेला तत्कालिन माओवादी पार्टी विभाजित भयो त्यो बेला माओवादी आन्दोलनका कालिकोटबाट सिनियर नेता मानिएका खड्ग बहादुर विश्वकर्मा, भरत बम लगायत अन्य नेताहरु एटम वि.सी. धनजित शाही, नविन विश्वकर्मा, पूर्व संविधान सभा सदस्य धिरिन्द्रा उपाध्याय लगायतका नेताहरु विभिजित भएर मोहन बैद्यसँग गए । त्यो बेला कालिकोटमा माओवादी पार्टी सून्यमा झरेको विश्लेषण गरिएको थियो त्यो बेला शान्ति प्रक्रियाको काम सेना समायोजन र हतियार व्यवस्थापनलाई टुङ्गोमा पु¥याई महेन्द्र बहादुर शाही पुन खुला राजनितिमा प्रवेश गरे । सून्यमा झरेको भनिएको कालिकोटको माओवादी आन्दोलन उनै महेन्द्र बहादुर शाहीको नेतृत्वमा २०७० को दोस्रो संविधान सभा निर्वाचन जिते र संसदको यात्रा शुरु गरे ।
संविधान निर्माणको कामसँगै महेन्द्र बहादुर शाहीले तत्कालिन अख्तियार अनुसन्धान दुरुपयोग आयोगका प्रमुख लोकमानसिङ कार्कीलाई महाअभियोग प्रस्ताव संसदमा दर्ता गरे त्यो बेला विभिन्न राजनिति दलहरुले महाअभियोग प्रस्ताव दर्ता गर्न खोजे पनि कसैले पनि दर्ता गर्ने हिक्मत गरेका थिएनन् तर उनै नेता शाहीले हस्ताक्षर सहितको महाअभियोग प्रस्ताव गर्दा गराएर राष्ट्रिय राजनितिमा चर्चामा आए र नेपाल सरकारको उर्जा मन्त्री बन्न सफल भए ।
२०७४ मा भएको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको लागि प्रनितिधि सभा सदस्यका लागि सिफारिस भएका शाही कर्णाली प्रदेश माओवादीले मुख्यमन्त्री पाउने पक्का भए पछि कालिकोट प्रदेश सभा ‘ख’बाट प्रदेश सभा सदस्यमा निर्वाचित भए । मुख्यमन्त्रीको आकांक्षा सहित प्रदेश सभामा चुनाव लडेका एमाले नेता यमलाल कडेँल र माओवादीका नरेश भण्डारी मुख्यमन्त्रीबाट ब्याक भए र कर्णाली प्रदेश सरकारको पहिलो नेतृत्व समाल्न सफल भए ।
नेपालको राजनिति परिवेश हेर्दा कर्णालीको राजनिति परिवेश फरक तरिकाले अगाडी बढेकाले चुनाव के हो ? भन्ने कुरा राम्रोसँग चिरफार गर्न सक्ने क्षमता भएकै कारण महेन्द्र बहादुर शाहीले आफ्नो पार्टीबाट आएको अविश्वासको प्रस्ताव फेस गर्न सफल भएका नेता शाहीलाई कालिकोटमा यो पटकाको निर्वाचनमा पनि खासै असर नपर्ने राजनिति विश्लेषक पिताम्वर ढकाल बताउछन् ।
नेपाली राजानितिमा जता फलिफाप उतै जाने चलन भएकाले कासीचन्द्रको बागी उम्मेदवारीले महेन्द्र बहादुर शाहीलाई त्यसले खासै असर नपर्ने विश्लेषक ढकालको तर्क छ । उनका अनुसार अहिले बाम, लोकतान्त्रिक गठबन्धन भएकाले पनि यो भन्दा अगाडीको अन्य पार्टीको पोजिसन र उम्मेदवार पात्रलाई हेर्दा महेन्द्र बहादुर शाही रेड जोनमा नरहने कुरा उनी बताउछन् ।
यता प्रतिनिधि सभा सदस्यका उम्मेदवार महेन्द्र बहादुर शाही भने राजनिति अस्थाई जागिर जस्तो बन्दै गएकाले यसलाई समाज सेवाको रुपमा लिनु पर्ने बताउछन् । आफुले आफ्नो राजनिति जीवनमा आफ्नो लागि भन्दा समाज र देशका लागि धेरै काम गर्दै आएकोले आफ्नो व्यक्तिगत स्वार्थ कुनै नरहेको बताउछन् ।
आफ्नो तीन दशक लामो राजानिति जीवनमा आफुले कालिकोटको लागि र कर्णाली प्रदेशका लागि धेरै काम गर्न बाकि रहेको भन्दै उनले यो पटकको निर्वाचनमा कालिकोटका जनताले आफुलाई प्रतिनिधि सभा सदस्यको लागि साझा उम्मेदवारको रुपमा आफु मात्रै रहेकाले जिताउनेमा आफु ढुक्क भएको बताए ।
स्मार्ट कर्णाली । १४ कार्तिक २०७९, सोमबार १५:०८ बजे