कालिकोमा महेन्द्र बहादुर शाही २४४७४ मतले विजयी

सुर्खेत । कालिकोटमा नेकपा (माओवादी केन्द्र)का प्रभावशाली युवा नेता महेन्द्र बहादुर शाहीले ह्याट्रिक गरेका छन् । उनले २०७०, ०७४ र ०७९ गरी संसदीय चुनावमा ह्याट्रिक गरेका हुन् । २०७० सालमा दोस्रो संविधान सभाको निर्वाचन हुँदा उनले एमालेका कुर्मराज शाहीलाई झण्डै हजार मतले पराजीत गरे ।

२०७४ सालमा भएको निर्वाचनमा उनले प्रदेश सभा सदस्यमा कांग्रेसका कालिबहादुर सहकारीलाई २८ सय मतले पराजीत गरे । अहिले नेता शाहीले २४४७४ मत प्राप्त गरी विजयी बने भने उनका निकटतम प्रतिद्धोन्दी नेकपा एमालेका नगिन्द्र शाही (नेशनल)ले १६४१० ल्याएका छन् नेता शाहीले नेकपा एमालेका नगिन्द्र शाही (नेशनल)लाई ८०६४ मत अन्तरले पराजीत गरेर संसदीय राजनीतिमा तेस्रो पटक विजय हाँसील गरे ।

उनको पछिल्लो विजयले राष्ट्रिय राजनीतिमा कर्णालीको नेतृत्वको रुपमा उनलाई स्थापीत गरेको छ । यसअघि पंचायत कालमा रास्कोटका धर्मदत्त उपाध्याय लगातार तीन पटक सांसद भएका थिए ।

२०७९ सालको प्रतिनिधि सभाको निर्वाचनमा मतदान गर्दै नेता शाही

बहुदलपछि कालिकोटबाट कुनै पनि नेताले दोहोरिएर संसदीय निर्वाचन जितेको इतिहास छैन । २०४८ सालमा नेपाली कांग्रेसका तिलक न्यौपाने, २०५१ सालमा भएको मध्यावधि निर्वाचनमा एमालेका यज्ञराज न्यौपाने, २०५६ मा एमालेकै प्रेम बहादुर सिंह र २०६४ मा गणतन्त्र स्थापनापछि पहिलो पटक भएको संविधान सभाको निर्वाचनमा नेकपा माओवादीका खड्गबहादुर विश्वकमा निर्वाचीत भएका थिए । गणतन्त्र स्थापनापछि तत्कालिन जनमुक्ति सेनाको डिभिजन कमाण्डर रहेका शाही २०७० पछि कालीकोटमा लगातार चुनाव जित्ने नेताको रुपमा चिनिन्छन् ।

को हुन् महेन्द्रबहादुर शाही ?

महेन्द्र बहादुर शाही कर्णाली अञ्चल कालिकोट जिल्ला पचालझरना गाउँपालिका (साबिकको नानीकोट गाबिस वडा नम्बर ८) मा २०३३ साल माघ १५ गते बुवा लालबहादुर शाही र आमा रणकौडा शाहीको दोस्रो सन्तानका रुपमा जन्मिएका हुन् ।

शाहीले २०४८ सालमा नेपाल कम्युनिस्ट पार्टी (एकताकेन्द्र) को सदस्यता लिए । पार्टी सदस्यता लिएपछि उनी अर्धभूमिगत रुपमा गोप्य सैन्य तालिममा सहभागी हुँदै युद्धको तयारीमा जुट्न थाले । त्यसपछि २०५२ सालबाटै तत्कालीन माओवादीले जनयुद्ध संचालन ग¥यो । त्यसपछि उनी जनयुद्धमा होमिए । जनयुद्धमा उनी पार्टीको संगठन र छापामारमा समानान्तर भूमिका निर्वाह गर्न थाले ।

कर्णाली अञ्चलमा पहिलो पटक छापामारको स्थापना भएदेखिनै उनले पार्टी र सेनामा समानान्तर भूमिका खेले । पछि उनी कालिकोट जिल्लाको सैन्य इन्चार्ज भएर जिल्लामा जनमुक्ति सेनाको नेतृत्व गरे ।

पश्चिम नेपालमा बुटवलदेखि दार्चुलासम्म भएका फौजी कारवाहीमा उनले नेतृत्वदायी भूमिका निर्बाह गर्दै गए । सेनाको हरेक फर्मेसनमा कमाण्डरको भूमिका निर्वाह गर्न सफल भए । सुरुमा वार्ड कमाण्डर, स्क्वाड कमाण्डर, प्लाटुन कमाण्डर, कम्पनी कमाण्डर, बटालियन कमाण्डर, बिग्रेड कमाण्डर हुँदै डिभिजन कमाण्डरसम्मको नेतृत्व गर्न सफल भए ।

शाहीले सेना समायोजनको बेलामा राजनीतिक मोर्चालाई रोजे । सेना समायोजन पछि मूलधारको राजनीतिमा आएका शाहीले आफ्नो निर्वाचन क्षेत्र रहेको कालिकोट जिल्लाको संगठनलाई मजबुत बनाउनतिर ध्यान दिए । जिल्लामा संगठन मजबुत बनाएकै कारण शाही ०७० देखि लगातार जित्दै आएका छन्।

माओवादी जनयुद्ध कालमा मिलिसीयादेखि जनमुक्ति सेनाको डिभिजन कमाण्डरसम्मको भूमिका निर्वाह गरेका शाही संविधानसभा सदस्य हुँदा तत्कालिन अख्तियार प्रमुख लोकमानसिंह कार्की बिरुद्ध महाअभियोग प्रस्ताव दर्ता गर्ने साहसीक नेता हुन् ।

संविधान सभा सदस्य हुँदै उर्जामन्त्री बनेका शाही २०७४ सालको निर्बाचनमा कालिकोटबाट प्रदेश सभाको निर्बाचन लडेर कर्णाली प्रदेशको संस्थापक मुख्यमन्त्री बने ।

शाहीको संक्षिप्त जीवनी

आमाको नाम ः रणकौडा शाही
बुवाको नाम ः लालबहादुर शाही
ठेगाना ः पचालझरना गाउँपालिका ( साबिकको नानीकोट गाविस वडा नम्बर ८ )
दाजुभाई ः दाजु १
दिदीबहिनीः दिदी १
राजनीतिक जीवन
१. २०४८ सालमा नेकपा मसाल एकता केन्द्रवाट आधिकारिक राजनीतिक यात्रा शुरु ।
२. २०४९ सालमा प्रहरी वारेन्ट जारी ।
३. २०५२ वाट भुमिगत र शशस्त्र जनयुद्धमा सामेल ।
४. २०५३ सालमा मध्यमान्चलको गुरिल्ला गठनमा सदस्यदेखि लडाकु जीवनमा प्रवेश ।
५. राजनीतिक र फौजी दुबै मोर्चामा शैन्य नेतृत्व सम्हाल्दै शशस्त्र युद्धमा सरिक ।
६. पश्चिम नेपालका बुटवलदेखि दार्चुलासम्म हुने जुनसुकै जनयुद्ध नेतृत्वदायी भूमिका निर्वाह गर्दै शान्ति प्रकृया हुँदै सेना समायोजनसम्म सैनिक क्षेत्रमा महत्वपुर्ण भूमिका निर्वाह ।
७. सुरुमा वार्ड कमाण्डर, स्क्वाड कमाण्डर, प्लाटुन कमाण्डर, कम्पनी कमाण्डर, बटालियन कमाण्डर, बिग्रेड कमाण्डर हुँदै डिभिजन कमाण्डर सम्मको नेतृत्व गर्न सफल ।
८. २०७०को संविधाननसभा निर्वाचनमा कालिकोटबाट संविधाननसभा सदस्यमा निर्बाचीत ।
९. संविधाननसभाभित्र पनि महत्वपूर्ण भूमिका निर्वाह ।
१०. माओवादी केन्द्र तेस्रो शक्ती भएतापनि संविधान निर्माणमा बिभिन्न प्रकारका चुनौतीहरुको समाना गर्नको लागि अग्रणी भूमिका निर्वाह ।
११. राज्यसत्ता भित्र रहेको बिभिन्न बिकृतीहरु, बिसंगतीहरु र भ्रष्टाचारजन्य मामिलाका बिरुद्धमा शशक्त ढङ्गले लडदै लोकमानसिंह कार्कीलाई महाअभियोग प्रस्ताव दर्ता गर्न साहसिक कदम चालेको ।
१२. २०७४ मंसीर २३ मा प्रदेश सभा सदस्यमा निर्वाचित
१३. नेकपा(माओवादी केन्द्र) प्रदेशसभा संसदीय दलको नेता निर्वाचित
१४. २०७४ फागुन मुख्यमन्त्री निर्वाचित
१५. नेकपा(माओवादकेन्द्र) को पोलिटब्युरो सदस्य ।