काठमाडौं, १८ मंसिर ।
नेकपा एमालेका नेता विष्णु रिजालले माओवादी केन्द्रले छिटोभन्दा छिटो दक्षिणपन्थ छाडेर वामपन्थतिर फर्किनुपर्ने बताएका छन् ।
पाँच वर्षमा आधा सिट घट्दा पनि माओवादीले दक्षिणपन्थी पार्टीलाई नेता मानिरहेमा अब हुने निर्वाचनबाट राष्ट्रिय पार्टी बन्न पनि मुश्किल हुने उनको दाबी छ ।
‘कम्तीमा दोस्रो पुस्ताका र युवा नेता–कार्यकर्ताले अब त बुझ्नुपर्ने हो,’ उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘आफ्नै बचेखुचेको भविष्यका लागि पनि माओवादी छिटोभन्दा छिटो दक्षिणपन्थ छाडेर वामपन्थतिर फर्किनुपर्छ ।
दोलखामा माओवादीको अग्रता तोड्दै अघि लाग्यो एमाले
दोलखामा नेकपा माओवादी केन्द्रका उम्मेदवारले लिएको अग्रता तोड्दै एमाले अघि बढेको छ ।
प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनको अहिले जारी मतगणनामा एमाले उम्मेदवार बालकृष्ण शिवाकोटीले अग्रता लिएका हुन् । सुरुवातदेखि अग्रता लिइरहेका माओवादीका गंगा कार्की पछि परेका छन् ।
पछिल्लो मतपरिणामअनुसार कार्कीलाई १ हजार ५ सय मतले पछि पार्दै शिवाकोटी अघि बढेका छन् ।
शिवाकोटीले १६ हजार २ सय १४ मत प्राप्त गर्दा कार्कीले १४ हजार ७ सय १५ मत पाएका छन् ।
स्मार्ट कर्णाली । १८ मंसिर २०७९, आईतवार ०७:५२ बजे