माओवादी केन्द्रले मनाएको दिवसमा पालिकाको नाम नजोड्न आग्रह

कालिकोट: २८ औँ जनयुद्ध दिवसको अवसरमा नेपाल कम्यूनिष्ट पार्टि माओवादी केन्द्र सान्नी त्रिवेणी गाउँ कमिटिले हिजो विभिन्न सांस्कृतिक कार्यक्रमको आयोजना गरेको थियो फागुन १ गते देशभरि जनयुद्ध दिवसको अवसरमा सरकारले सार्वजनिक विदा दिएको थियो  १ गते गाउँपालिकाले दिवस मनाएपनि हिजो माओवादी केन्द्रले आयोजना गरी दिवसको अवसरमा सांस्कृतिक कार्यक्रमको आयोजना गरेको हो ।

हिजो भएको सांस्कृति कार्यक्रमको खर्च पालिकाको वजेट छुट्याइएको भन्ने फैलाइएको भ्रम सत्य नभएको प्रदेस कमिटि सदस्य तथा सान्नी त्रिवेणी गाउँपालिका ईन्चार्ज मिठ्ठुदेवि बम शाही( सैलजा)ले बताउनु भयो ।

हिजोको सांस्कृतिक कार्यक्रममा नानाथरिका कुरा गरेर पालिकासँग नजोड्न समेत उहाँले आग्रह गर्नुभयो । हिजो र आज संचालन हुने सांस्कृतिक कार्यक्रमको खर्च माओवादी केन्द्रले नै व्यहार्ने र यसको लागि पालिकाले वजेटको व्यवस्थापन नगरेको र वजेटको माग पनि नगरेको हुँदा यसका विरुद्ध भ्रम नफैलाउन समेत उहाँले आग्रह गर्नु भयो ।

राज्यको वजेट दुरुपयोग गर्ने छुट कसैलाई नभएको सांस्कृतिक कार्यक्रमको खर्चमा पालिकाको वजेट कुनै पनि नछुटाएको गाउँपालिका अध्यक्ष तथा माओवादी केन्द्र सान्नी त्रिवेणी गाउँ कमिटिका अध्यक्ष महेस केसीले बताउनु भयो ।

२०५२ साल फागुन १ गते माओवादीले सुरु गरेको शसस्त्र जनयुद्धको सुरुवातको दिनको सम्झनामा हिजो र आज माओवादी केन्द्रले सांस्कृतिक कार्यक्रमको आयोजना गरेको केसीले बताउनु भयो । यस कायक्रमका लागि पालिकावाट कुनै वजेट पनि नछुटाएको र भुक्तानि लिने विषयमा पार्टि कमिटिमा कुनै सल्लाह पनि नभएको बताउनु भयो । कार्यक्रमको खर्च सबै माओवादी केन्द्र
सान्नी त्रिवेणी गाउँ कमिटिले गर्ने भएको हुँदा भ्रममा पछि नलाग्न आग्रह गर्नुभएको छ ।