रास्कोट नगरपालिकाका ६२ शिक्षक काज सरुवा ।
कालिकोट जिल्लामा रहेको रास्कोट नगरपालिकाकाले नगरपालिकाका भित्र रहेका स्थाइ र राहत शिक्षक गरि १ सय १० जनामा ६२ जना शिक्षक लाइ तहगत मिलान गरि काज सरुवा गरेको छ । नगरपालिका भित्र रहेका सामुदायिक बिद्यालयहरुमा गुणस्तरिय शिक्षा बनाउनका लागी काज सुरुवा गरिएको नगर प्रमुख धर्मराज शाहीले बताउनु भएको छ ।
रास्कोट नगरपालिकाको कुल वजेट ५३ करोडमा १९ करोड शिक्षा मा लगानि रहेको शाहीले बताउनु भयो । अहिले वितिय समानिकरण ११ करोड मा ३ करोड करार शिक्षक लाई लगानी रहेको शाहीले बताउनु भयो । यति बेला रास्कोट नगरपालिकमा कतिपय विधालयले १ जना विधार्थि नै पास गर्न सकेनन् यति मात्र हैन ८र ९ को नतिजा सन्तोश जनक नआएपछि यो कदम चालिएको शाहीले बताउनु भयो ।
शिक्षित व्यक्ति र जनशक्तिको पूर्ण परिचालनबाट मात्र कुनै पनि राष्ट्र र समाजको सम्पूर्ण उन्नति प्रगति सम्भव हुन्छ । आजको युग ज्ञान र प्रविधिको युग मानिन्छ प्राविधिक ज्ञान हासिल गर्नु आजको समयमा अपरिहार्य नै भइसकेको छ ।
यस कारण पनि हरेक राष्ट्रले आफ्नो कुल बजेटको सबैभन्दा बढी अंश शिक्षामा खर्च गर्दै आइरहेको छ । तर यसबाट सोचे अनुसारको प्रतिफल प्राप्त गर्न सकिरहेको भने छैन । शिक्षालाई गुणस्तरीय र प्रभावकारी बनाई विश्वबजारमा प्रतिश्पर्धा गर्ने उद्देश्यका साथ शैक्षिक गुणस्तर वृद्धि गर्न रास्कोट नगरपालिकाका शिक्षक हरुलाइ काज सुरुवा गरिएको नगर प्रमुख धर्मराज शाहीले बताउनु भयो ।
गुणस्तरीय शिक्षा भन्नाले काम लाग्ने र जीवन उपयोगी शिक्षा भन्ने बुझिन्छ । शिक्षा किताबसंग मात्र सिमित रहनु हुदैन यसले त ब्यक्ति, समाज र राष्ट्रको अपेक्षा पुरा गर्नु पर्दछ । असल र गुणस्तरीय शिक्षा लिनू विद्यार्थीहरुका लागि फलामको चिउरा चपाउनु जत्तिकै मुस्किल भइरहेको बेला गुणस्तरीय शिक्षाका लागी यो कदम स्थानिय सरकारले चालेको शाहीले बताउनु भयो ।
स्मार्ट कर्णाली । १९ बैशाख २०८०, मंगलवार ०८:५० बजे