रास्ट्रिय भुमिआयोगद्रुरा दैलेखको ठाटिकाँधमा निस्सा वितरण।

सुर्खेत : राष्ट्रिय भूमि आयोग जिल्ला समिति दैलेखले ठाटिकाँध गाउँपालिकाको वडा नं १,५,र ६ मा भूमिहीन सुकुम्बासीलाई निस्सा वितरण गरेको छ । आज शुक्रबार ठाटिकाँध गाउँपालिकाका अध्यक्ष रक्ष बहादुर शाह र वडा अध्यक्ष र कार्यपालिका सद्सयहरूकाे उपस्थितिमा आयोग जिल्ला समिति दैलेखले १,५र ६ भूमिहीन परिवारलाई निस्सा वितरण गरेको हो ।भूमि आयोग जिल्ला समिति दैलेखका अध्यक्ष श्री नयाँराम थापाका अनुसार ठाटिकाँध गाउँपालिकामा अव्यबस्थित बसाेबासिहरु लाई निस्सा वितरण गरिएको थियो र राष्ट्रिय भूमि आयोग जिल्ला समिति दैलेखले यसअघि दैलेख जिल्लाका अन्य पालिकाहरुमा निस्सा बतरण गरेका थिय ।हामीले आवश्यक प्रक्रिया सम्पन्न गरि दुल्लु, चामुण्डा बिन्द्रासैनि, नारायण नगरपालिका तथा भैरबि , गुरास गाउँपालिकामा निस्सा वितरण गरेका छौँ । निस्सा उपलब्ध भएपछि पुर्जा वितरणका लागि आधा काम भएको मानिन्छ”, अध्यक्ष थापाले भने । त्यस अवसरमा ठाटिकाँध गाउँपालिकाका अध्यक्ष रक्ष बहादुर शाहले केही समयभित्र गाउँपालिकाका सबै वडामा निस्सा वितरणको काम सम्पन्न गर्ने बताए।