रुपन्देही : नेकपा एमालेले समकालील राजनीतिकका शिखरपुरुषका रुपमा अध्यक्ष केपी ओलीलाई भावी प्रधानमन्त्रीको रुपमा पार्टीबाट सर्वसम्मत निर्णय गरेको जनाएको छ ।
एमाले प्रचार विभागद्वारा आयोजित पत्रकार सम्मेलनमा विभागका उपप्रमुख विष्णु रिजालले देशको भविष्य बनाउन सर्वमान्य नेताको रुपमा केपी ओलीलाई प्रधानमन्त्रीको रुपमा अगाडि सारिएको बताए । नेता रिजालले विकास र समृद्धिको अधुरो सपना पूरा गर्न, राष्ट्रिय स्वाभिमानको प्रवर्द्धकको रुपमा एकमात्र साहसिलो व्यक्तिको रुपमा देशको नेतृत्व गर्नका लागि अगाडि सारिएको बताए ।
नेता रिजालले वैदेशिक सम्बन्ध सेतुको रुपमा बलियो बनाउन नेपालको हितका लागि समदुरीको सम्बन्ध बनाउन ओलीको नेतृत्व आवश्यक, अन्तर्राष्ट्रिय सम्बन्धको सन्तुलन बनाउन, अन्तर्राष्ट्रियस्तरमा उच्च तहका नेताको रुपमा वीपीपछिको अन्तर्राष्ट्रिय हैसियत भएको बलियो नेता भएकाले अध्यक्ष ओलीलाई भावी प्रधानमन्त्रीको रुपमा अगाडि सारिएको बताए ।
स्मार्ट कर्णाली । १३ भाद्र २०७९, सोमबार १६:०७ बजे