कर्णालीका युवालाई भारत र खाडिमुलुक हैन बिकसित राष्ट्रमा पठाउनु पर्छ डाइरेक्टर – शाही

कर्णालीका युवालाई भारत र खाडिमुलुक नभई शिक्षा दिएर उच्चशिक्षा अध्यन्न र आर्थिक बिकासकालागी बिकसित राष्ट्रमा पठाउनु प्रर्ने माउन्ट रोयल एजुकेसनका म्यानेजिङ्ग डाइरेक्टर मेघराज शाहीले नेपाली युवालाई वैदेशिक रोजगारीको लागि जापान सुरक्षीत र बिस्वस्निय गन्तव्य हुने बताउनु भयो ।

जापनिज भाषा पढ्नका लागि मात्रै काठमाडौ पुग्नुपर्ने बाध्यता र असहजतालाई ध्यान दिदै युवा विद्यार्थीको सहजताका लागि कर्णाली प्रदेशको राजधानिमा शाखा बिस्तार गरिएको शाहीले बताउनु भयो ।

   कर्णाली प्रदेशको राजधानिमा स्मार्टकर्णाली न्युजले गरेको साक्षात्कार कार्यक्रममा बोल्दै शाहिले रोजगारिको शिलसीलामा विदेशीने नेपाली यूवाहरुले ज्यालादारी काममा मात्रै नभई जहाँ जाने हो त्यो देशको भाषामा दक्षता र सीप सिकेर जानु प्रर्ने बताउनु भयो ।

साक्षात्कारमा म्यानेजिङ्ग डाइरेक्टर मेघराज शाहीले जापानको टोकियो स्थित इकेबुकुरोमा केन्द्रिय कार्यालय र नेपालको संघिय राजधानी काठमाण्डौको पुतलिसडकबाट बिगत पाँच बर्षदेखि सेवा दिदै आएको जानकारी दिदै सो सेवा अब जापनिज भाषा पढ्नका लागि मात्रै काठमाडौ पुग्नुपर्ने बाध्यता र असहजतालाई ध्यान दिदै युवा विद्यार्थीको सहजताका लागि  कर्णाली प्रदेशमा पनि सुरुगरिएको बताउनुभयो । डाइरेक्टर शाहीले नेपाल सरकार शिक्षा मन्त्रालय बाट स्विकृति प्राप्त गरि जापानीज अनुभवी प्रशिक्षकहरु द्धारा नयाँ कक्षा सञ्चालन हुने भएकाले ढुक्क भएर भाषा सिक्ने अबसर नगुमाउन पनि आग्रह गर्नुभयो । माउन्ट रोयल एजुकेसनका म्यानेजिङ्ग डाइरेक्टर शाहीले नेपाली युवालाई वैदेशिक रोजगारीको लागि जापान सुरक्षीत र बिस्वस्निय गन्तव्य हुने बताउनु भयो ।