बजेट तिर्बगतिमा कार्यनवयन गर्न विभागीय मन्त्रालयलाई निर्देशन गरेका छौ -सभासद शाही

कर्णाली प्रदेश सरकार संसद अन्तर्गतको अर्थ समितिले आर्थिक बर्ष २०७५÷७६ को बजेट तिर्ब गतिमा कार्यनवयन गर्नका लागीे विभागीय मन्त्रालयलाई निर्देशन गरेको कर्णाली प्रदेशका सभासद तथा अर्थ समितिका सदस्य कुर्मराज शाहीले बताउनु भयो ।

            कर्णाली प्रदेशको राजधानि बिरेन्द्रनगरमा स्मार्ट कर्णाली न्युजले गरेको साक्षात्कार कार्यक्रमा बोल्दै शाहीले संसदको नियमित कार्यमा सहयोग पुर्याउन, सरकारलाई व्यवस्थापिका संसदप्रति उत्तरदायी र जवाफदेही बनाउन, सरकारबाट भए गरेका काम कारबाहीको अनुगमन र मूल्याङ्कन गरी आवश्यक निर्देशन वा राय सल्लाह दिन विषयगत समितिहरुमध्ये अर्थ समिति पनि एक हो । तेसैले अर्थसमितिले आफ्नो जिम्मेवारी सहि ढङ्गले पुरा गरेका दाबि सम्मेत गर्नु भयो ।

साक्षात्कार कार्यक्रममा बोल्दै सभासद शाहीले यर्थात धरातालमा उभिएर यहांको बस्तुलाई बिश्लेषण गरेर भन्दै छु साच्चीकै यो संघीयता भन्ने कुरा काठमाडौ र पुर्बका जनताकालागी सुहाएको होइन किन भन्दा उनिहरुको हिजो देखि नै पोल्टीक्समा पहुच थियो र हरेक ठाउमा प्रतिनिधित्तो गर्न पाउथे तर कर्णालीमा कहिले बाटो पुग्छ कहिले साइकल गुढ्छ भन्ने सपना मात्र देग्थ्यौ अहिले संघीयता भइसके पछि सडक बाटो पुगेको छ ,गाडि गाउँगाउँमा गुढेकाछन बिकास तिर्ब गतिमा भइरहेको छ । तैसैले संघीयता भनेको नै कर्णालि प्रदेशका लागी हो । अब बिकास हुन्छ र बिकासीय कामा सबैले आफ्नो क्षेत्रबाट सहयोग ग्रर्ने आग्रह सम्मेत गनु भयो ।