बस दुर्घटना : तीनको मृत्य, २५ घाइते(विस्तृत विवरण)

काठमाण्डौ । सिन्धुपाल्चोकको मेलम्चीबाट काठमाडौं आउँदै गरेको बस दुर्घटनामा पर्दा तीन जनाको मृत्यु भएको छ । दुर्घटनापछि प्रहरीले उद्धार गर्ने क्रममा घटनास्थलमै मृत्यु भएको हो ।दुर्घटनामा परेको बस विहान ९ः ३० बजे छुटेको थियो ।

                                                                       मृत्यु हुनेमा २ महिला १ पुरुष छन । उनीहरुको परिचय खुलेको छैन । मृतकमध्ये २ जना गाडीले नै च्यापेकोले बाहिर निकाल्न कठीन भएको थियो । केहीबेरअघि मात्रै निकालेर शववाहनमार्फत टिचिङ हस्पिटल काठमाण्डौ ल्याइदैछ ।

घाइतेको सुष्मा कोइराला मेमोरियल, नेपाल मेडिकल कलेज र टिचिङ अस्पतालमा उपचार हुदैछ ।

हेलम्बू यातायातको बा ५ ख ५०७० नम्बरको बस दुर्घटना भएको थियो । दुर्घटनामा परी अन्य २५ जना घाइते भएका छन् । घाइतेमध्ये केही सामान्य उपचारपछि फर्किएका छन् ।सिन्धुपाल्चोकको मेलम्ची, कुटुम्साङबाट काठमाडौं आउँदै गरेको बस शंकरापुर नगरपालिका–४ स्थित लप्सीफेदी नजिकैको मोडमा दुर्घटनामा परेको हो । तिहार सकेर काठमाडौं आउने यात्रुले बस खचाखच थियो । बसमा ५९ बढी यात्रु रहेका थिए भन्ने अनुमान गरिएको छ । दुर्घटनाको कारण ब्रेक फेल हुन सक्ने अनुमान गरिएको छ । www.reportersnepal.com