शान्नी त्रिवेणी गाउँपालिकामा पहिलो पटक गाडी

कालीकोट जिल्लाको शान्नी त्रिबेणी गाँउ पालीका पहिलो  सडक सञ्जालमा जोडीएको छ । गाउँ पालीकाको २ करोड ७६ लाखको लागानीमा पहिलो पटक सडक सञ्जाल जोडीएपछि गाउँमा खुसियाली छाएको छ ।

गाउँ पालीकाको अगुवाईमा उपभोक्ता समितिद्वारा निर्माण गरीएको ८ दशमलव ५० किलो मिटर सडकमा  गाडी गुडेपछि  स्थानियहरुले   फुल माला र अबिरले स्वागत गरेका छन ।

अव शान्नीघाटदेखी गाउँ पालीकासम्म गाडी चल्ने भएपछि स्थानियहरुले खुसियाली व्यक्त गरेको गाउँ पालीकाका इन्जिनियर कमल बमले जानकारी दिनुभएको छ ।

यसै आ व मा कर्णाली प्रदेश सरकारले रकु मेहेलमुडी हुदै मुम्रा जोड्ने सडकका लागी २ करोड रुपैया बिनियोजन गरीसकेको रकम टेन्डर प्रकृयामा गइसकेको छ

हाल समपुरक बजेटबाट पोतमारा हुदै गाउँ पालीका सम्म ५०लाख र रकु देखि मेहेलमुडीसम्म ५०लाख रकम छुट्टयाएको   छ । सो रकमले गाउँ पालिका का सबै वडाहरुमा सडक सञ्जालले छुने पनी जानकारी कर्णाली प्रदेश सरकारका मुख्य मन्त्रिका स्वकिय सचिव खेम बहादुर सिंह “भिजनले”  जानकारी दिनुभएको छ । thetriratna.com.np साभार गरिएको हो ।