दैलेख का युबा बिरेन्द्र शाही द्वारा आफ्नो वडा मा राहत बितरण

तिलक रिजाल दैलेख ,
आठबिस नगरपालिका 8 दैलेख का विद्यार्थी बिरेन्द्र शाही ले आफ्नो वडामा रहेका न्यून बर्ग का मानिसलाई राहत दिएका छ्न । बिश्व एतिबेला कोभिड 19 देखी त्रसित भैरहेको बेला नेपालमा पनी कोरना देखि बच्न सरकार ले गरेको निर्णय लाई पालना गर्दैआएका र दैनीक ज्यालादारी गरि गुजारा चलाउदै आएका न्युनबर्ग को पहिचान गर्दै जनप्रतिनिधि ज्युसङ आफनै खर्चमा समन्वय गरि त्यहाका नागरिक लाई राहत दिएको हो । राहतमा चामल ७० बोरा दाल ७० केजि नुनतेल गरि ७० -७०”गरि जम्मा एकलाख तिसहजार बराबर को राहत दिइएको हो । हातमुख जोड्न धौधौ भैरहेको बेला आफुले सकेजती सहयोग गर्नु पर्ने र गरिब न्यून बर्गको जीवन रक्षाका लागि सबैले सकेजती सहयोग गर्नुपर्ने शाही बताउछन्।
बिरेन्द्र शाही साबिकको तिलेपाटा गाबिस वडा न 4 नहदुन र हाल आठबिस नगरपालिका 8 मा न्यूनपरिवार मा जन्मिएका हुन उनी सन २०१६ मा student भिसा मा जापानको टोकियो मा गएकाथिए । आफ्नो पढाई सकेर अहिले working भिसामा त्या कामगर्दै आउनु भएको छ । आफू सानै देखि आफ्नो गाउघर मा दुखपाएको र गाउँको रहन सहन बुझेको र विभिन्न दुखी गरिब लाई सहयोग गर्दै आएको र अझै पनि आफुले सकेजती सहयोग गर्ने बताउनु हुन्छ ।