एसइई परीक्षा प्रभावित नहोस् भनेर छात्राहरुलाई सेनेटरी प्याड वितरण गर्दैछौं: उपमेयर दर्शना नेपाली

कालिकोट । आईतबारदेखि शुरु हुने यस वर्षको एसइई परिक्षामा सहभागी छात्राहरुलाई कालिकोटमा प्रश्नपत्रसँगै सेनेटरी प्याड वितरण गरिने भएको छ ।

कालिकोटको तिलागुफा नगरपालिकामा रहेको एक मात्रै परिक्षा केन्द्र सत्यदेवी माविमा छात्राहरुको लागी एसइई परीक्षा प्रभावित नहोस् भनेर प्रदेशमा सेनेटरी प्याड वितरण गर्न लागिएको उपमेयर दर्शना नेपालीले बताइन । छात्रामा हुने महीनावारीलाई सहजरूपले व्यवस्थापन गरी परीक्षामा सहभागी गराउन प्याड बितरण गरिएको उनले बताइन् ।

‘छात्रा महीनावारी भएको समयमा परिक्षामा गार्ह्रो हुने गरेको छ’ उपमेयर नेपालीले भनिन्, ‘महीनावारीको समयमा कुनै पनि छात्राको एसइई परीक्षा प्रभावित नहोस् भन्नका लागि सेनेटरी प्याड वितरण गर्ने व्यवस्था मिलाएका हाैं ।’

एसइई परीक्षा आईतबार(भोली) देखि शुरु हुँदैछ ।