हिमाल जस्तै चम्किदै नगर उप प्रमुख दर्शना

दन्ता नेपाली तिलागुफा नगरपालिका कालीकोटकी उपप्रमुख हुनुहुन्छ । २०४९ साल असार १७ गते वुवा खम्मीलाल सार्की र आमा जौमती सार्कीको कोखबाट साबिकको फोइमहादेव गाविस ७, हालको तिलागुफा नगरपालिका ३ मा दन्ताको जन्म भएको हो । २०५६ सालमा औपचारिक शिक्षा हाँसील गर्ने उद्येष्य सहित महादेव मावि फोइकोटमा भर्ना भएकि दन्ताले ०६७ सालमा एसएलसी उतिर्ण गरि पढाइलाई निरन्तरता दिदै स्नातक तह सम्मको शिक्षा हाँसील गर्नुभएको छ भने हाल सम्म उहाँ अविवाहित हुनुहुन्छ । बिद्यार्थी राजनीतिमा चम्किएकि दर्शना पछिल्लो समयमा पार्टी र जनप्रतिनिधिहरुको हुलमा चम्किरहने देखिन्छ र उनी भन्छन् आफू सहि भए चम्किनलाई कसैले रोक्न र छेक्न सक्दैन ।

बिद्यार्थी कालमा कालीकोटबाट अध्ययनको सिलसिलामा काठमाडौ पुगेका विद्यार्थीहरुका लागि विद्यार्थी वित्तीय कोष, उत्पीडित, उपेक्षित, दलित उत्थान समिति, त्रिवि छात्रवृत्ति कोष, सिटीईभिटी लगायतका छात्रवृत्ति उपलब्ध गराउने संस्थाहरुबाट सहयोगका लागि पहल कदमि र नेतृत्व गर्दै २०७२ साल वैशाख १२ गतेको महाभुकम्पमा काठमाडौ उपत्यका लगायत सिन्धुपाल्चोक, रसुवा, गोरखालगायतका जिल्लामा एक महिने उद्धार कार्यमा प्रत्यक्ष उपस्थित भई सहयोग, क्याम्पसको छात्रावासमा हुने गरेका दुर्गमका विद्यार्थीहरुका लागि छात्रावासको व्यवस्थापन गरी सहयोग पु¥याउँदै, गरीव, असाहयहरुका लागि क्याम्पसमा चन्दा संकलन गरी आर्थिक संकलन गरि सहयोग, विद्यार्थी जीवनमै कालीकोटको तीलागुफा नगरपालिका वडा नं. ४ राँचुलीमा बैकल्पीक उर्जा प्रवद्र्धन केन्द्रमा हावाबाट बिजुली निकाल्ने प्रक्रिया सुरु गरी हाल डिपीआर तयार भई काम सुरु हुने तयारीमा भएको लगायतका दर्शना को हालको जीवन सम्म गरेको सामाजिक सेवा हो । दर्शनालाई बिगतमा गरेको सामाजिक सेवासँगै जनप्रतिनिधिको हैसियतमा नागरिकहरुका चहराइरहेका घाउहरुमा मलम लगाई सेकाउने काम गर्नु अबका बाँकि दिनको समाज सेवा हो ।

                            दर्शनाले नगरपालिकाको उपप्रमूख भएपछि पनि केही महत्वपूर्ण र अरुलाई विस्वास दिलाउन सकिने कामहरु फत्ते गरेकिछन् । नगरपालिकाको सम्पूर्ण टिम सहित उपप्रमूखको हैसियतमा तिलागुफा नगरपालिकाका १० वटै वडामा सडक बिस्तार, नगरपालिकाका ४ वटा वडामा विद्युत सेवा विस्तार, ११ वटै वडामा वर्थिङ सेन्टर स्थापना गरि सेवा सुचारु, आरआरएन, सिडीपीको सहयोगमा ६ नं. वडा कार्यालयको नमुना वडा भवन निर्माण सम्पन्न, वडा नं. ९ को एउटा बस्तिमा १ घर १ धारा वृहत खानेपानी आयोजना सम्पन्न गरि ३५ घरका बासीन्दा लाभान्बित, कृषि शाखाबाट किसानहरुलाई अनुदानमा विभिन्न किसिमका विरुवाहरु, विउहरु, मल र औजारहरु उपलब्ध गराइएको, भेटेरीनरी शाखाबाट उन्नत जातका राँगा, बोका, कुखुराका चल्लाहरु वितरण, तिलागुफा नगरपालिका नामाकरण भएको गुफासम्म जाने बाटो आरसिसि र नदीमा झोलङ्गुे पुल निर्माण, नाग्मघाट र बालीघाटमा सार्वजनिक सौचालय नर्माण कार्य सम्पन्न, आधारभुत शिक्षालाई प्रभावकारी बनाउन तीलागुफा नगरपालिकाका ११ वटै वडामा रहेका बालविकास केन्द्रको लागि १ करोड, ७० लाख बजेट विनियोजन र सिकाईलाई प्रभावकारी बनाउन नगर शिक्षा समितिले आवश्यक अनुगमन र मूल्याङ्कन कार्यको थालनी, तीलागुफाको पर्यटकीय क्षेत्र पुगमालिका र चुलीमालिकामा ३ वटा धरमशालाको निर्माण, विभिन्न विपद्बाट प्रभावित समुदायहरुलाई आवश्यक राहत वितरण, न्यायिक समितिले तिलागुफाका ११ वटै वडामा कानुन सम्बन्धि जनचेतनामुलक कार्यक्रम सम्पन्न, तिलागुफाका १, २, ३ र ४ नं. वडामा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा तथा १ र ३ वडालाई छाउपडी प्रथा मुक्त घोषणा लगायतका हाल सम्म गरिएका कार्यक्रमहरु हुन् ।

हाल सम्म केही कामहरु सम्पन्न भएका छन् भने केही अधुरा पनि छन् र केहि आगामी दिनमा पनि सम्पन्न गर्नुपर्ने अति आबस्यक कार्यहरु बाँकी छन् । आगामी यात्रा कस्तो हुने भन्ने त योजना निर्माण र त्यसको कार्यान्वयनमा भर पर्छ, तसर्थ दर्शनाका पनि केही महत्वपूण आगामी योजनाहरु पनि छन् । तिलागुफा गाउँपालिकामा रहेका बिद्यालयहरुमा कक्षा १ देखि नै अंग्रेजी माध्यमबाट पढाई सुरुवात गर्ने, तीलागुफा नगरपालिकाले स्थानीय मञ्चु खोलामा १ मेगावाटको विद्युत उत्पादन गर्ने, तिलागुफा नगरपालिकाका नागरिकहरुको जनस्तर उकास्न ११ वटै वडामा रहेको बाँझो जग्गामा जडिबुटी खेतीको थालनी गर्ने, तिलागुफा नगरपालिकालाई आवश्यक मोबाईल  नेटवर्कको पहुँचमा ल्याउने, जातीय छुवाछुत, छाउपडी प्रथा, वाल विवाह, बहुविबाह तथा र वालश्रम जरैदेखि अन्त्य गर्ने तथा बेरोजगार युवाहरुको डाटा संकलन गरि युवाहरुलाई स्वरोजगार प्रदान गर्ने आगामि योजनाहरु रहेका छन् । सिंहदरवारको अधिकार गाउँगाउँमा भन्ने अभियानलाई कार्यान्वयन गराउँदै सुखी नेपाली समृद्ध नेपाल भन्ने सरकारको नारालाई सार्थक बनाउने अभियानलाई निरन्तरता दिने योजना बनाएकी उप प्रमुख दर्शना नेपालीको जीवनमा स्थानीय तहको निर्वाचनमा अरुले बच्चा उम्मेदवार हो भन्ने भनाई तथा उम्मेदवार भई बिजयी भएपछि नगरपालिकामा उदाहरणिय कामहरु गर्नेछु भन्ने प्रतिज्ञा गरेको दिन अबिष्मरणिय क्षण बनेको छ । तिलागुफा नगरपालिका सबै नागरिकहरुलाई समृद्ध बनाउने, आर्थिक रुपमा सक्षम बनाउने, महिला सशक्तिकरणमा जोड दिदै जातिय छुवाछुत अन्त्य गर्ने उद्येष्य लिएकि उपप्रमूख नेपालीको अध्ययन गर्ने र खेल खेल्ने रुचि छ । धेरै समय मोवाइलमा ब्यस्त हुनै पर्ने लत भएकि उपप्रमूख नेपालीले ३ पटक रक्तदान गरेर पुण्यको काम पनि गर्नुभएको छ ।

राजनितिक यात्रा 
२०६२ साल भदौदेखि तत्कालिन नेकपा माओवादीमा आबद्ध भई भूमिगत राजनीतिमा सरीक,
नेकपा माओवादी निकट बिद्यार्थी संगठन अखिल क्रान्तिकारीको स्कुल इकाईमा आवद्ध,
२०६७ मा एसएलसी उत्तीर्ण भइसकेपछि उच्च शिक्षा अध्ययन गर्दा गान्धि आदर्श उमावि गोठाटार काठमाडौमा अखिल क्रान्तिकारीको ईकाई अध्यक्ष,
२०७० मा अखिल क्रान्तिकारीको ईकाई सदस्य,
२०७१ मा अखिल क्रान्तिकारी पद्मकन्या क्याम्पस ईकाई अध्यक्ष,
२०७२ सालसम्म ईकाई अध्यक्षकै रुपमा कार्यरत हुँदै गर्दा २० औं राष्ट्रिय सम्मेलनमा अखिल क्रान्तिकारी केन्द्रिय सदस्यमा निर्वाचित,
२०७३ साल फागुन १४ गते स्ववियू निर्वाचनमा पद्मकन्या क्याम्पसको अखिल क्रान्तिकारीको तर्फबाट स्ववियू सभापति पद प्राप्त भएपनि बिबिधि कारण चुनाव स्थगित,
२०७४ वैशाख ३१ गतेको स्थानीय तह निर्वाचनमा तत्कालिन नेकपा माओवादी केन्द्रको तर्फबाट तीलागुफा नगरपालिकाको उपप्रमुखको पदमा वीजयी ।

                                                                                                                                                                              सफलताको बाटो