जनता संघ अध्यक्ष समुदायमै बिभिन्न सेवा दिदै पलाता गाउँपालिका अध्यक्ष लक्षमण बहादुर बम ।।

कर्णाली प्रदेशमा रहेका जिल्लाहरु मध्यक एक हिमाली जिल्ला हो कालिकोट यस जिल्लामा ३ वटा नगरपालिका ६ वटा गाउँपालिका रहेका छन तेस मध्य पलाता गाउँपालिका अति बिकट गाउँपालिका हो । यस बिकट गाउँपालिको नेतृव युवा नेता लक्षमण बहादुर बमले गर्नु भएको छ । निर्बाचित भइसके पछि बिकट पलाता हैन हामा्रे पलाता राम्रो पलाता बनाउने अभियानमा निरन्तर लागी राख्नु भएको छ ।

अहिले सम्म गाउँपालिका सबै वडामा समान पहुँचका लागि स्वास्थ्य अभियान अन्तर्गत ६ वटा बर्थिङ्ग सेन्टर स्थापना, गाउँपालिकाका ६ वटा वडामा विद्युतीकरण, ३५ हजार फलफूलका विरुवाहरु बृक्षारोपण, १ सय ५० जनाको निर्माण कार्यदल गठन गरी रोजगारीको सिर्जना, तत्कालिन जनयुद्धमा घाइते भएका        अपाङ्गहरुलाई स्वरोजगारका लागि पुस्तकालय, ईलेक्ट्रोनिक्स पसल, सुपथ मूल्य पसल, कृषि फर्म, कुखुरा पालन आदिका लागि १६ जनालाई उद्यमसिलतामा सम्लग्न, वन सुरक्षाका लागि ३८ जनालाई बन हेराला राखी बन घेरबार, बृक्षारोपण र विरुवाहरुमा सिंचाईं गरेर वन समितिबाट पारिश्रमिक पाउने व्यवस्था सहित रोजगारि, पलाँताका महिलाहरुलाई गरीवी न्यूनिकरणका लागि अधिकार र अवसर कार्यक्रम संचालन गरी २३ जनालाई रोजगारीको सिर्जनाका साथै महिला उद्यमसिलताका लागि कार्यक्रम सुचारु, ११ वटा सिंचाई आयोजना पक्कि नहर निर्माण सम्पन्न, ३ वटा वडा कार्यालयका भवन निर्माण, ९ वटा अंग्रेजी माध्यमबाट कक्षा संचालन, प्रत्येक माध्यामिक विद्यालयमा पुस्तकालय स्थापना, एक बस्ती एक खानेपानी ट्याङ्कीको अवधारणा, १९ वटा ट्याङ्की निर्माण सम्पन्न, सहकरी मार्फत एक वडा एक सुपथ मूल्य पसल स्थापना गरि नागरिकहरुलाई सुख र शान्तिको महसुश गराउने दौरानमा खटिरहेका छन् अध्यक्ष बम ।’

२ हजार, ७ सय घरधुरीमा ३ वर्षभित्र मिटरसहितको धारा निर्माण गर्ने, प्रत्येक घरमा विजुली बाल्ने, एक बस्ति एक सिंचाई पोखरी निर्माण गर्ने, सबै वडामा सडक पु¥याउने र स्तरोन्नती गर्ने तथा ३८ वटा वनहरुमा पूर्ण बृक्षारोपण गरि सुख्खा पलाँतालाई हराभरा बनाउने अध्यक्ष बमको योजना र लक्ष्य रहेको छ ।

पलाँता गाउँपालिकालाई सुविधा सम्पन्न बनाई ५ वर्ष पछि आउने अर्को सरकारले विकासका थप कामलाई स्तरोन्नती गरी अँझै वृहत बनाओस् भन्ने कामना सहित काम गरिरहेका अध्यक्ष बमका पीताको निधन भएको दिन नै अबिष्मरणिय क्षण हो भने समाज रुपान्तरणको अभियानमा अग्रसर रहँदै बाँकी जीवन बिताउने ब्यक्तिगत लक्ष बमले लिनुभएको छ ।

हाम्रो पलाता राम्रो पलाता बनाउने मुख्य उद्ययश्यले जनता संघ अध्यक्ष कार्यक्रम अन्तरगत योजना अनुगमन, समुदायमा भेटघाट तथा नया योजनाको डिजाइन इष्टमेट, स्वास्थय सिबिर लगायत बिभिन्न सेवाहरु दिन पालाता गाउँपालिका अध्यक्ष,उपाध्यक्ष बिभिन्न सेवा क्षेत्रका कार्यालय प्रमुखहरुको उपस्तीथिमा टोलि टोलटोलमा गएको छ ।  पलाता गाउँपािलकाको बिकाष निमार्णका काम उपभोतmा समिति गरे नगरेको र्हेन र स्थानियले कामको ज्याला पाए नपाएको, र जनताका सम्पुर्ण समस्याहरु पहिचान गरि समस्या हल गर्ने उद्दयश्यले टोलटोल जाने कार्यक्रम तयार गरेको पलाता गाउँपालिका अध्यक्ष लक्षमण बहादुर बमले बताउनु भयो ।

 

पालाता गाउँपालिकाको कार्यालय बाट बुधबार सुरु भएको टोलि जिन्दर बाट घरदैलोमा सेवा दिदै र योजाना अनुगमन गर्दे वडा नं.८ नाइबाडा, वडा नं. ९ को थिर्पु बाट वडा नं. ७ को गैरीखालि देखि जोतली हुदै दैनिकर दलित बस्तीमा छलफ गर्दै निरन्तर समुदाय १,२,३,४,५,६ वडामामा भेटघाटमा रहेको गाउँपालिका उपाध्यक्ष दाना न्यौपानेले बताउनु भयो । यो अभियाना पलाता गाउँपालिकाका सबै वडामा सञ्चालन गगिएको अध्यक्ष बलमे बताउनु भयो ।