बिपन्न समुदाय तथा युवाहरुको पक्षमा काम गर्छु अध्यक्ष बम ।।

नरेश बहादुर बम सान्नी त्रिवेणी गाउँपालिका कालीकोट वडा नं.५ को वडा अध्यक्ष पदमा रहेर काम गरिरहनु भएकोछ । २०४९ साल कार्तिक १२ गते बुवा छित बहादुर बम र आमा केसा बम कोखबाट साविकको मेहेलमुडी गाविस वडा नं. ४, हाल सान्नी त्रिवेणी ५, कालिकोटमा उहाँको जन्म भएको हो । २०५४ सालमा औपचारीक शिक्षा अध्ययनका लागि श्री कालिका मा.बि डाडाखेत मेहेलमुडीमा भर्ना भएका अध्यक्ष  बमले बिएड सम्मको शिक्षा हाँसील गर्नुभएको छ ।

बिद्यायार्थि जिबनकालमा समाजको आमुल परिवतनका सान्नि त्रिवेणी गाउँपालिकामा पर्यटन प्रबद्र्धन गर्नका लागि धार्मीक र पर्यटकीय स्थलहरु निर्माणमा विशेष भूमिका निर्बाह, सिंचाई कुलो निर्माण, खानेपानी, बाटो घाटो निर्माणका लागि जनश्रमदान गर्दै समाज सेवामा अध्यक्ष बमले महत्व पुर्ण भूमिका निर्बाह गर्नुभएको छ । पद हुँदा मात्रै केहि गर्न सकिन्छ, पद नहुँदा त के पो नै गर्न सकिन्छ भन्नेहरुको भीडमा पवित्र मनले राम्रो काम गर्न चाहने हो भने जहिले पनि र जहाँ पनि सम्भव हुने अध्यक्ष बमको अनुभव र बुझाई छ ।

बमले कर्णाली सेवासमाजको संस्थापक अध्यक्ष भएर स्थानिय तहमा स्वास्थ्य सिबिर,टुहरा बालबालिकालाई शैक्षिक सामाग्री बितरण,छुवाछुत अन्त्यका लागी जनचेतना कार्यक्रम ,बिभिन्न खेल्कुद कार्यक्रम,किषानहरुलाई निसुल्क फलफुलका बिरुवा बितरण ग्रनु भएको छ ।

निर्बार्चिच भइसके पछि बमले वडाका सबै विद्यालयहरुमा शिक्षकहरुलाई नियमित गराउन विद्युतीय हाजिरीको प्रयोगे ,आफ्नैै वडा कार्यालयको भवन निर्माण,प्रतेयक नागरिको बैंक खाता ,एक घर एक करेबारी निर्माण ,एउटा पनि घर नछुट्ने गरि रिङ्गरोडको अबधारण ,प्रत्यक बर्ष वडा अध्यक्ष वल्डकप ,छुवाछुत मुक्तm वडा घोषण पुर्ण सरसफाई उन्मुख वडा घोषण लगायतका बिभिन्न कार्यक्रम सम्पन्न गरि सक्नु भएको छ ।

समाज रुपान्तरण र सुसाशनकालागी अबको दिनमा नागरिक जन्मदा साथ बैंक खाता,वडाका सबै स्कुलहरुमा इङ्गलीस माध्यम बाट पढाइगर्ने,वडामा रहेका स्वास्थय चौकि ब्यबस्थापन गरि १५ सैयाको स्थापना गर्ने,अयातमुखी नभई निर्यातमुखी कृषाी उत्पादनमा जोड दिई जनताको आयस्तर बृद्धिमा जोड दिने,समाजबाट जाँड रक्सि निर्मूृल गर्ने, महिला हिंसा, छुवाछुत, छाउपडी लगायतका कुसंस्कारलाई अन्त्य गर्न विशेष कार्यक्रम ल्याउने र कार्यान्वयन गर्ने तथा गराउने अध्यक्ष बमको आगामि लक्ष्य रहेको छ ।  १६ बर्षको उमेर श्र्रम गर्ने खाडिमुलक कतार जादाको क्षण सम्जीदै अध्यक्ष बमले आर्थिक क्रान्ति र सामाज रुपान्तरणको लागि सामाजिक क्रान्तिमा आफु समर्पित भई काम गर्दे समाज परिब्रर्तनकालागी बिसेस कार्यक्रम गर्ने र थप स्थानिय तहको बिकास निमार्ण र समाजपरिप्रर्तनका लागी गाउँपालिकाको नेतृत्व गरेर समाज परिब्रर्ते गर्ने योजनामा रहनु भएको छ । आगामि दिनमा समाजमा परिब्रतनका लागी एउटा कुसल नेता बन्ने र बिपन्न तथा युवाहरुको पक्षमा काम गर्ने प्रतिबद्धता ग्रनु भएको छ ।