तिला कर्णाली बहुमुखि क्याम्पसलाई प्रदेशकै नमुना क्याम्पस बनाउछु -क्याप्स प्रमुख लक्ष्मण सिंह

कालिकोट जिल्लामा रहेको तिला कर्णाली बहुमुखि क्याम्पसलाई प्रदेशकै नमुना क्याम्स बनाउने क्याम्पस प्रमुख लक्ष्मण सिंहले बताउनु भएको छ । कालिकोट जिल्लाको साबिकको ओदानुक गाबिस ढिल्लीकोट ७ हाल महाबै गाउँपालिका वडा नं.४ मा जन्मनि भएका सिंहले २०५४ सालमा एस.एल.सी पास, २०६२ सालमा बिएड ,२०६४ सालमा माष्टर पास गरेका सिहं आंसिक शिक्षकको रुपमा २०६६ सालमा सुर्खेत क्याम्पस शिक्षा बाट सुरु गरेका सिंह २०६९ सालमा मध्यपश्मि बिश्वबिद्यायालयमा आंशिक शिक्षक भएर काम गर्दे २०७० सालमा होलटाइम आंसिक शिक्षकको रुपमाकाम गरेर अहिले स्थाइ उप प्रध्यापक भएर तिलाकर्णाली बहुमुखि क्याम्पसको क्याम्पस प्रमुखमा रहनु भएको छ । २०७० साल देखि २०७३ साल सम्म बिश्वबिद्यालय केन्द्रीय कार्यालयको रजिष्टार कार्यालयमा सचिवालय सदस्य भएर काम गर्दै नेपाल राष्टीय प्राध्यापक संघको बरिष्ठ उपाध्यक्ष भएर काम गरि लामो अनुभब बटुलेका सिंहले अहिले गुणस्तरीय शिक्षा बनाउने अभियानमा लागेको बताउनु भएको छ ।

कालिकोट जिल्लामा रहेको तिला कर्णाली बुहमुखि क्याम्पसमा क्याम्पस प्रमुख लक्ष्मण सिंहले जिम्मेवारी लिइसकेपछि प्रर्देसकै नुमुना क्याम्पस बनाउनका लागी पहिलो चरणमा परिक्षा प्रर्णालीमा सुधार गरेको, नियमित पठनपाठनमा संञ्चालन गरेको ,क्याप्सको पुर्बधारमा बिकासमा फिल्ड निमार्ण तथा भवन मर्मत, प्रोजेक्ट प्रबिधिमार्फत, एक शिक्षक एक प्रोजेक्टरबाट पढाई सुरु, परिक्षालाई थप ब्यबस्थापन र प्रशासैनिक काम छिटो छरितो गर्ने सिसिक्यामरा जडान गरि सकेको बताउनु भयो ।

क्याम्पसलाई थप ब्यबस्थापन र बिकासकालागी कर्णाली प्रदेशका मुख्यमन्त्री सहितको टोलि लाई क्याम्पसमा लिएर अनुगमन तथा आबश्यक बजेटको ब्यबस्था गरिदिन आर्ग गर्दे क्याम्पसको पुर्बधार बिकासका लगाी प्राशनिक भवन, अनुसन्धानमुलक लाइबेरी रिगंरोड, बिद्यार्थि आवास भवन र शिक्षक आवास भवन निमार्णकालागी माग सम्मेत गरेको बताउनु भयो ।।यति मात्र नभइ स्थानिय तहका सबै जनप्रतिनिधि लाई सम्मान गर्दे क्याम्पस लाई ब्यबस्थीत र बिकासकालागी सहयोग गर्ने आग्रह गरेको बताउनु भयो । सबै सरोकार निकायबाट बाट सहयोग प्राप्त हुनेमा आफु ढुक्क रहेका बताउदै शिक्षा सबैको साझा सम्पती भएकाले आफआफ्नो क्षेत्रबाट सहयोग गर्ने बाटो खुल्ला गरेको बताउनु भयो ।