पलाता गाउँपालिका द्धवारा बिपन्न जेष्ठ नागरिक र दलित परिवारलाई दैनिक उपभोग्य समान बितरण ।।

कालिकोट जिल्लामा रहेको पलाता गाउँपालिका कार्यालयको आयोजनामा बिजया दशमी, शुभ दिपावली, उपलक्ष्यमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम आज एक कार्यक्रमका बिच सम्पन्न भएको छ ।

पलाता गाउँपालिकाका अध्यक्ष लक्ष्मण बहादुर बमको अध्यक्षयता भएको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा  बिपन्न जेष्ठ नागरिक ५६ जनालाई टोपि ,चिनि,र सल वडायर सम्मान गर्दे दलित परिवारका १ सय ७६ दलित घरदुरीलनई दैनिक उपभोग्य समान तेल, चिनि र ३० वटा बिपन्न परिवारलाई चामल,तेल,चिनि, बितरण गरिएको छ भने नमुना बस्तीमा छनोट भएका दलित टोलका ५५ दलित घरपरिवार हरुलाई धुवारहित चुलो बितरण गरिएको पलाता गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर बमले बताउनु भएको छ । पलाता गाउँ पालिकाको आर्थिक सहयोग र समाज सुधार सहकारी सस्थाको सहजिकरणमा समार्गी बितरण गरिएको हो ।।

बिजया दशमी,शुभ दिपावली, शुभकामना दिदै पलाता गाउृँपालिका अध्यक्ष लक्ष्मण बहादुर बमले पलाता गाउँपालिकालाई नमुना र अन्तर्राष्ट्रिय रुपमा चिनाउनको लागि सबैको आवश्यक रहेको र सबै यो कार्यमा एक भै लाग्नु पर्ने बताउनु भयो ।।

शुभकामना आदान प्रदान कार्यक्रममा कर्मचारी,बुद्धजिबि,ब्यापारि,जनप्रतिनिधि,बिद्यायार्थि युवाहरु र स्थानिय बासिहरुको सहभागिता रहेको थियो । उक्तm कार्यक्रममा अछामि रेखा,तिलक बुढा चन्द्र परिवार बिनिता बोगटी कलाकारको टिमले रमाइलो सम्मेत गराएका थिय ।।