संबिदान र क्रान्ति मार्गमा पलाँता सरकारले गाडि गुडाएपछि जनतामा खुसियालि

नमराज न्यौपाने पलाँता
कालिकोट जिल्लाको पलाँता गाउँ आलिकाले शिक्षा स्वास्थ खानेपानी र सडक लाई तीव्रता दियको छ । पलाँता गाउँ पालिका अध्यक्ष लक्ष्मण बहादुर बम पलाँतिकान्छाका अनुसार आफ्नो ब्यक्तिगत लगानिमा आब ७६ / ७७ मा निर्माण भएको वडा नम्बर ९ को सिमाना जिन्दर देखि वडा न ८ को हिरुल्ले सम्म निर्माण भएको सडककल ब बम (उमेश)र धिर ब बम (माहान )को यो बर्षको बर्षाले भत्केको थियो उक्त ७ किलोमिटर क्रान्ति मार्ग ४ दिन सम्म रात दिन गरेर अाफै खटिएर मर्मत गरि गाडि संचालनमा ल्याएको छ ।

उक्त मार्गबाट वडा न ७ को पारौटि ,धुरा ,मसिना वडा नम्बर ८ को बेर्सनकोट ,नाइबाडा , सुनबाडा , माछा, नारेकोट र वडा नम्बर ९ को अाडिबाडा , लौठारुख,खडिकरुखको बस्तिले लाभ लिने छन । यो पटक उद्द्घाटन भएको सडक बेल्केढुङ्गाबाट खिर्पि सम्मको ६ किलोमिटर संविदान मार्ग र खिर्पि देखि सुनबाडा सम्म ७ किलोमिटर क्रान्ति मार्ग गरि १३ किलोमिटर सडकमा गाडि गुडेपछि २५ रुपैया प्रति केजि समान ढुवानि बाट ३ रुपैया ढुवानिमा झरेपछि जनताले खुसियालि ब्यक्त गरेका छन भने उक्त क्षेत्रका समुदायलाई उकालो टर्ने भएको छ ।

संबिदान र क्रान्ति जनयुद्धका माहान सहिद हुन वडा न नौका सगुने बिक क. संबिदान र बेटना रोकाया क. क्रान्ति को नामबाट नामाकरण गरिएको रोडमा गाडी गुडिरहेको देख्दा स्थानीय हर्शित छन ।गापाले सहिदको नाममा सडक नामाकरण गरि सम्मान गरेको छ भनेर सहिद परिवाले पलाँता सरकारलाई धन्यवाद दिने गरेका छन । संबिदान मार्गमा सुधारको खर्च छुट्याए पनि क्रान्ति मार्गमा बजेट नभएपछि क्रान्ति मार्गको सुधार अाफ्नो लगानिमा संबिदान मार्गमा सुधारको सर्च छुट्याए पनि क्रान्ति मार्गमा बजेट नभएपछि क्रान्ति मार्गको सुधार आफ्नो लगानिमा गर्नु पर्ने बाध्यता भएको बताउनु भयो ।

आफुले भदौमा कोट गाडि पुर्याउछु जनतालाई वचन गरेको थिए बाचा पूरा गर्न भएपनि आफ्नो मेसिलाई तेलको ब्यबस्था गरि सडक संचालनमा ल्याएको हुँ काम गर्न पाउँदा गर्व छ गुनासो छैन अध्यक्ष पलाँति कान्छाले बताउनु भयो वडा न ७ का अध्यक्षले मेरो सपना पूरा भयो भनेर खुसि ब्यक्त गर्दै सपना पूरा गरिदिने डाइनामिक पालिका अध्यक्ष लाई धन्यवाद दिनुभयो ।