रिपोर्टर्स क्लब नेपाल कर्णाली प्रदेशको प्रथम अधिवेशन सम्पन्न (फोटो फिचर )

सुर्खेत, ८ मंसिर । रिपोर्टर्स क्लब नेपालको कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा शनिबारदेखि सुरु भएको क्लबको कर्णाली प्रदेशको प्रथम अधिवेशन आज सम्पन्न भएको छ ।

रिपोर्टर्स क्लब नेपालका केन्द्रीय सभापति ऋषि धमलाको सभापतित्वमा एक कार्यक्रमका बीच रिपोर्टर्स क्लब नेपाल कर्णाली प्रदेश कार्यसमिति घोषण गरिएको छ । उक्त कार्यसमितिमा रिपोर्टर्स क्लब नेपालको कर्णाली प्रदेशको सभापतिमा लंकराज धमाला, उपसभापति लक्ष्मी भण्डारी, महासचिवमा सुशिल खड्का, सचिवमा नन्दाराम जैसी, कोषाअध्यक्षमा अप्सरा बिष्ट, सदस्यहरुमा तिलक रिजाल, यज्ञ खत्री, देब राना, भीम परियार, र प्रभा रावतलगायत ११ सदस्य चयन गरिएको छ ।

कार्यक्रममा बधाई तथा शुभकामना दिदै केन्द्रीय सभापति धमलाले कर्णालीका नेतामात्र नभई हरेक नागरिकका आवाजलाई मिडियामा ल्याउनुपर्ने धारणा राखेका थिए । धमलाले प्रेस स्वतन्त्रताको रक्षासहित व्यवसायिक पत्रकारितलाई जोड दिनको लागि नवगठित क्लबको प्रदेश समितिलाई सुझाव दिएका थिए । उनले पेशागत सुरक्षा र व्यवसायिक पत्रकारितालाई मध्यनजर गर्दै अघि बढ्न आग्रह गरेका थिए ।