दैलेख-सुर्खेतको सिमानामा जिप दुर्घटना तीनजनाको मृत्यु चारजना घाइते

दैलेख जिल्लाको  चिङगाड ६ गाउँपालिका-पाम्का बिर्खम देखि आयको  कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेत जाँदै गरेको जिप दुर्घटना भएको छ।

कर्णाली प्रदेश ०२-००१ ज-०००७ नम्बरको जिप दैलेख-सुर्खेतको सिमानामा पर्ने राउटे गल्छेनामा दुर्घटना भएको हो। सात यात्रु सवार जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको हो।अन्य चारजना घाइते भएको दुर्घटना स्थलमा खटिएका प्रहरी जवान रामबहादुर रानाले जानकारी दिए।

मृत्यु हुनेमा चिङ्गाड गाउँपालिका ६ बस्ने अन्दाजी ५५ वर्षीय देवबहादुर खड्का, वीरेन्द्रनगरनगरपालिका-१५ का अन्दाजी ४५ वर्षीया खड्गबहादुर बुढाथोकी र उनकी श्रीमती अन्दाजी ४० वर्षीया गोमा बुढाथोकी रहेका छन्।दुर्घटनाका घाइतेको वीरन्द्रनगरस्थित प्रदेश अस्पतालमा उपचार भइरहेको छ। जिप सडकबाट झण्डै चार सय मिटर तल खसेको प्रहरीले जनाएको छ।