विकासमा विचौलिया हाबी : मुख्यमन्त्री शाही

रुकुम पश्चिम — कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विकासमा विचौलिया हाबी भएको बताएका छन् । विकासका लागि दिइने बजेट, माग गरिने योजनामा स्वार्थसिद्धिका लागि लाग्नेहरु घुसेका कारण अपेक्षाकृत विकास हुन नसकेको मुख्यमन्त्री शाहीको भनाइ छ । रुकुम पश्चिमको जिल्ला सभा तथा समीक्षा गोष्ठीको उद्‌घाटन गर्दै मुख्यमन्त्री शाहीले विकास र समृद्धिको बाधक भनेको योजना माग्‍ने र दिनेहरु नै देखिएको दाबी गरे । ‘योजना माग्‍नेले कुनै प्लान, स्टिमेट मागेको छ,’ उनले भने, ‘बजेट र योजना दिनेले पनि त्यतापट्टि ध्यान नदिएर योजना हाल्ने गरेकै कारण समस्या देखिएको छ ।’

योजना र बजेट दिने त्यसको प्रभावकारी अनुगमन नहुँदा पनि समस्या भएको मुख्यमन्त्री शाहीले बताए ।योजना र बजेट मागिएको ठाउँको अनुगमन गर्दा कतै योजना नै नभएको कतै थोरै मात्रै काम गरेर अलपत्र छाडिएको पाइएको उनको भनाइ छ । कतै कम लगानीमा बन्नुपर्ने योजनमा पनि धेरै बजेट मागगर्ने र दिने गरेको समेत पाइएकोमुख्यमन्त्री शाहीको भनाइ छ । ekantipur.com