दोब्बर मा तरकारी बेच्ने तिन जना प्रहरी नियन्त्रण मा

जनकपुर मा दोब्बर मुल्य मा तरकारी बेच्ने तिन जना पक्राउ परेका छन।कोरोना भाइरसबाट बच्न सरकारले जारी गरेको लकडाउनको समयमा दोब्बर मूल्यमा तरकारी बेच्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको टोलीले आलु र प्याज झण्डै दोब्बर मूल्यमा बिक्री गरिरहेको अवस्थामा पक्राउ गरेको हो । आलु ५० रुपैयाँ प्रति किलो र प्याज एक सय रुपैयाँ प्रति किलोमा बिक्री गरिरहेका उनीहरुलाई आलु र प्याजसहित पक्राउ गरिएको धनुषा प्रहरीका प्रबक्ता एवं डिएसपी रामेश्वर कार्कीले जानकारी दिए ।

प्रहरीका अनुसार जनकपुरधाम उप महानगरपालिका ४ वस्ने ४८ बर्षीय प्रदिप अग्रवाललाई कदम चोकबाट भुतनाथ जाने बाटोबाट, सोही ठाउँका २० बर्षीय अंकीत साहलाई महाबीर चोकबाट र २० बर्षकै विकाश कुमार साहलाई महाबीर चोकबाटै पक्राउ गरिएको छ ।
लक डाउनअघि आलु ३० रुपैयाँ प्रति किलो प्याज ६० रुपैयाँमा बिक्री भइरहेको थियो ।