राष्काेट नगरपालिकामा युवाको सक्रियतामा कोरोना रोकथामका लागी पाँच सय घरधुरी लाइ साबुन बितरण

विश्वभर महामारीको रुप लिएको कोरोना भाइरसका विरुद्ध आ आफ्नो सहभागिताको लागि कालिकोट जिल्ला राष्कोट नगरपालिका वडा नं.९ का युवाहरुले पाच सय घरधुरी लाई साबुन बितरण गरेका छन । भाईरसको महामारीको समयमा आत्तिएर भन्दा सावधानी अपनाएर घरमै बस्न आग्रह समेत क्लबका अध्यक्ष मार्तिका प्रसाद बरालले ग्रनु भएको छ । अत्यावश्यक काममा बाहेक बाहिर ननिस्कन र नआत्तिएर बस्न उनले सबैमा अनुरोध गरेका छन् ।

कालीकोटः जिल्लाको रास्कोट नगरपालिका वडा नं ९ थोल्मका युवाको सक्रियतामा कोरोना रोकथामका लागी पाँच सय घरधुरी लाइ घरघरमा पुगेर साबुन बितरण गरिएको समाजिक अभियान्ता धिरज बरालले बताउनु भएको छ । युवाहरु मिले जे पनि हुन्छ भन्ने उदाहरण दिन रास्कोट नगरपालिका वडा नं ९ का युवा सफल भएका छन् ।

सबै नागरिकको हातमा साबुन पुगाउने उद्यश्यले थप क्लबले व्यवस्थापन गरेको हो । गाउँका युवाहरु मिलेर रकम जम्मा गरि साबुन बितरण गरेका हुन् । यो भन्दा पहिला थोल्ममा रहेको भुवानी माईको मन्दिर निमार्णका लागि भुवानी युवा क्लवका युवाहरुको सक्रियतामा मन्दिर निमार्ण गरिएको बरालले बताए । उनले भने, ‘स्थानीय तहबाट सहयोग नभएपछि यहाँका युवाहरुले मन्दिर बनाउनका साथै मन्दिरमा जानका लागि गोरेटो बाटो पनि निमार्ण हौ ।’ करिव १ लाख २५ हजारको लागतमा युवाहरुले भुवानी माईको मन्दिर निमार्ण गर्न सफल भएका हुन् ।

बर्षौ पुरानो इतिहास बोकेको मन्दिरको पुरानो भवन काम नलाग्ने अवस्थामा पुगेको थियो । आफ्नै जमिन भएको पुरानो मन्दिरको भवन भत्कीए पनि मन्दिर बनाउन कसैले क्रियाशिलता देखाएका थिएनन् । गाउँमा रहेका युवाहरुले मन्दिरको नँया भवन बनाउन सक्रियता देखाएपछि अहिले मन्दिर पूर्णरुपमा निमार्ण भएको छ । संगठित भएका युवाको विश्वासमा गाँउलेहरुले सक्दो सहयोग गरेका छन् । युवाहरुको एकताले गाउँमा मन्दिर बनेपछि अहिले थप समाजिक कार्यमा जुटेको युवाक्लबका अध्यक्ष मार्तिका प्रसााद बरालले बताउनु भयो ।।।