कोरोना नियन्त्रण तथा रोकथामका लागी समाजसेबि वमले गरे राष्काेट नगरपालिकालाइ गरे ४० हजार १ सय सहयोग

जिल्लाको रास्कोट नगरपालिकाले स्थापना गरेको कोरोना नियन्त्रण तथा रोकथाम राहत कोषमा सोहि नगरपालिका वडा नं ६ निवासि ७० वर्षिय वृद्व पृथ्वीबहादुर वमले ४० हजार एक सय रकम कोषमा जम्मा गरेका छन । विश्वभरि फैलिएको कोरोना भाईरस कोभिड (१९) लाई नियन्त्रण तथा रोकथाममा सरकारले गरेको लकडाउनले अति गरिब, दैनिक ज्यालादारि र गरिखाने समुदायलाई ठुलो समस्या लाई मध्यनजर गरि नगरपालिकाले स्थापना गरेको ५० लाखको राहत कोषमा मनकारि वृद्व वमले, व्यक्तिगत रूपमा सहयोग गरेका हुन ।

राहतको लागि चेक हस्तान्तरण गदै वृद्व वमले, आफुसँग धेरै पैसा भएकोले सहयोग गरेको हैन, लकडाउको मारमा परि ठुलो विपतको पिडामा परेका अति विपन्न र दैनिक काम नगरि खान नपुग्ने मजदुरको लागि थोरै भएपनि उनिहरूको आलो घाउमा मलम पर्टि लगाएको हुँ । हुन त म ७० वर्ष पुगिसके, अस्ताउन लागेको डाँडा मुनिको वेललाई रातिको अंध्यारोको के वास्ता, तर, यो धर्तिमा रहिरहेको वेला, देशमा ठुलो संकट आईलागेको भोग्दा र देख्दा सानो भएपनि सहयोग गर्ने मन लाग्यो ।

उनले भने, भित्रि मनले गरेको सहयोगले गरिव जनाताले भोको पेट भर्ने विश्वास लिएको छु ।सहयोग गरेको चेक वुझ्दै रास्कोट नगरपालिका प्रमुख काशिचन्द वरालले, वुढेसकालमा दिन खाईसकेका वृद्व पृथ्वी वमको सहयोग सवैभन्दा ठुलो भएको प्रशंसा समेत गर्नु भयो । उहाले, नगरपालिकाले स्थापना गरेको राहत कोषमा सवैको सहयोग रहने बताए । उनले मनकारि वृद्व वमलाई धन्यवाद पनि दिए ।