युबा नेता सुनार ले गरे बिद्यार्थी र मजदुर लाइ सहयोग

तिलक रिजाल सुर्खेत ।
आफ्नो जन्म दिनको अबसर पारी युवानेता तिर्थ सुनार ले विश्वब्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड-१९) लाई ध्यानमा राख्दै विद्यार्थी र मज्दुर लाई राहत बितरण गरेका छन । दैलेख र बर्दिया का गरि जम्मा 8 वटा रुमभाडामा बस्दैआएका विद्यार्थी र मज्दुर लाई एक एक प्याक चामल दुई केजि दाल नुन र तेल गरि एकएक प्याकेट दिएका हुन । सुनारले एसभन्दा पहिला पनि विभिन्न समस्या मा रहेका मानिस लाई आफुले सकेजती सहयोग गर्दै आएका छ्न। साथै लक्डाउन सुरुवात भएको केही दिनमै साझा घरमा रहेका असहाय टुहुरा अपांग सहित ३० जनालाई साबुन बितरण गरेका थिए। सानो सहयोगले पनि केहि राहत होस भने हेतुले साझा घर नेपाललाई साबुन बितरण गरेको र मज्दुर र विद्यार्थी लाई राहत दिएको समाजसेबि तथा युवा ब्यबसाहि सुनारले बताए। साथै आफु न्यून परिवार मा जन्मेको र सम्स्या भनेको बाहिर बस्दा कतिसम्म हुन्छ भन्ने अनुभव भएकोले पनि आफुमा सहयोग गर्दै आएको बताए । यहा भन्दा अगाडी का आफ्ना जन्मोत्सव मा पनि सुनार ले साझाघर मा आर्थिक तथा अन्य सहयोग गर्दै आयका थिय भने खेलकुद क्षेत्र का बिकास का लागी बिभिन्न युबा क्लब लाइ पनि सहयोग गर्दै आयका छन।।