मुख्यमन्त्री शाहीको निर्देशन : बबईमा गएर भारतबाट आउने नेपालीलाई पानी र खानाले स्वागत गर्नु

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले भारतबाट आउने कर्णालीवासीका लागि प्रदेशको प्रवेशद्धार बबईमा गएर खाना र पानी दिएर स्वागत गर्नको लागि उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्रालयलाई निर्देशन दिएका छन् ।

जेठ महिना लागेसँगै भारतबाट आउने नागरिकको संख्या ह्वात्तै बढेपछि उनीहरुलाई खाना र पानिको समस्या परेको हुनाले व्यवस्थापन गर्नको लागि मन्त्रालयलाई निर्देशन दिईएको मुख्यमन्त्री शाहीका प्रमुख स्वाकिय सचिव खेम बहादुर सिँङले जानकारी दिए ।  उनका अनुसार पानी र खानेकुराको आपुर्तिको जिम्मा मन्त्रालयले गर्नुपर्ने छ ।

अब कर्णालीमा प्रवेश गर्ने प्रत्येक नागरिकलाई खाना र पानीले स्वागत स्वागत गर्न लागिएको हो । तत्काल यो काम गर्नको लागि मुख्यमन्त्री शाहीले निर्देशन दिएका हुन् ।  शनिवार मात्रै मुख्यमन्त्री शाहीको  आग्रहमा  कोपिला भ्याली समाजले भारतबाट आएका  ११ सय नागरिकहरुलाई खाना र पानीको व्यवस्थापन गरिएको थियो ।