अति आवश्यकका सामाग्री विभिन्न इन्स्योरेन्सको पहल मा ट्राफिक प्रहरी कार्यालय सुर्खेत लाई हस्तान्तरण

जिल्ला ट्राफिक कार्यालय सुर्खेत लाई विभिन्न सुर्खेतमा रहेका इन्स्योरेन्स हरुले अती आवश्यक का सामाग्री हस्तान्तरण गरेका छ्न। बिश्वब्यापि रुपमा फैलिएको कोभिड 19 तथा महामारी कोरोना भाइरसबाट सिङ्गोमुलुक एतिबेला यो रोग सङ्ग लडिरहेको छ जस्मा ड्युटी मा खटिएका प्रहरीहरुको झनैजोखिम का साथै जिम्मेवार रहेको देखिन्छ । त्यसैले विभिन्न इन्स्योरेन्स हरुसङ्ग साझेदार गरि जस्मा दशहजार जतिको सहयोग गरेको युनाइटेड इन्स्योरेन्स धेरेन्द्र शाही ले बताउनु भयो । जस्मा सहयोग गर्ने मध्य नेको इन्स्योरेन्स का जगत शर्मा सगरमाथा इन्स्योरेन्स का अनन्त शर्मा प्रीमीयर इन्स्योरेन्स का राकेश बि.सि र युनाइटेड इन्स्योरेन्स का धेरेन्द्र शाही ले दसहजार बराबरको अतीआवश्यक का सामाग्री सर्जिकल मास्क ४०० थान ग्लोब्स ४०० थान र ४ थान सेनिटाइजर जिल्ला ट्राफिक प्रहरी कार्यलय सुर्खेत का प्रमुख प्रहरी निरीक्षक उदय जङ्ग सिजापती लाई हस्तान्तरण गरेका हुन।