कर्णालीका दलितकोपीडा एसैपीडित थप साहुँको करकर

  1. जाजरकोट : रुकुम पश्चिम आठबीसकोट नगरपालिका घेत्मका १५ वर्षीय सालो रविन्द्र विक बिरामी परेपछि नलगाड नगरपालिका –८ काब्राबाट भिनाजु पातले नेपालीले पिठ्युँमा बोकेर राडीस्थित नगर अस्पताल पुर्‍याए।
    यातायातका साधन चल्दा दुई घण्टामै पुगिने ठाउँसम्म बोकेर बिरामी ल्याउनुपरेको पातले बताउँछन्‌। अस्पतालसम्म बिरामी पुर्‍याउनका लागि सवारीसाधन चालक र सहचालकले पाँच सय रुपैयाँ माग्छन्, तर यहाँका विपन्न स्थानीयले त्यति रकम दिन सक्दैनन्‌।

गाउँदेखि नगर अस्पतालसम्म पुग्‍ने सडक र सवारीसाधन दुवै छन्, तर गरीबीको रेखामुनि रहेका यहाँका स्थानीयहरूसँग अस्पतालसम्म पुग्‍न गाडी चढ्न रकम पनि हुँदैन। यही अभावका कारण, कोही बिरामी परे पिठ्युँमा बोकेर दिनभर हिँड्दै अस्पताल पुग्नुको विकल्प छैन।
नेपालीले भने, ‘हामी बिरामीसहित पाँच जना छौँ, सबैलाई भाडा हाल्दा धेरै खर्च हुन्छ, भाडा नपुगेर बोक्ने गरेका छौँ, एम्बुलेन्स त झन हाम्रो लागि आकाशको फल, आँखा तरी मर जस्तै छ।’ कोरोना महामारी नियन्त्रण गर्न भन्दै लगाइएको लकडाउनका कारण गाउँघरमा पाइने रोजगारी समेत गुमेपछि गाउँलेहरूले कमाई गर्न सकेका छैनन्‌। काम पाएपनि लगाउनेले तत्कालै ज्याला दिन सकेका छैनन्‌। दैनिकी चलाउन र बिरामी पर्दा उपचार गर्न ऋण काढ्नुपर्ने बाध्यता छ