कर्णालीका मन्त्रीहरुलाई हतारमा राजीनामा नदिन प्रधानमन्त्री ओलीको निर्देशन ।

प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली प्रदेशका मन्त्रीहरुलाई हतारमा राजीनामा नदिन निर्देशन दिनुभएको छ ।
मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी गरेपछि प्रधानमन्त्री ओलीले आफ्ना पक्षका मन्त्रीहरूलाई हतारिएर राजीनामा नदिन निर्देशन दिएको बताइएको छ ।मुख्यमन्त्री शाहीले हिजो नै केही मन्त्रीहरूसँग छलफल गर्नुभएको थियो । मुख्यमन्त्री शाहीले माथिबाट दबाब आएकाले ओली पक्षका मन्त्रीहरूलाई हट्न आग्रह गर्नुभएको थियो ।
प्रदेशका सामाजिक विकासमन्त्री दल रावलले आफूले मुख्यमन्त्री शाहीसँग भएको कुराकानीका आधारमा बिदा हुनुपर्ने अासयकाे स्टाटस सामाजिक सञ्जालमा पाेष्ट गरेका थिए । प्रधानमन्त्री ओलीको निर्देशन उनकाे फेसवुकबाट उत्त पाेष्ट हटाइएकाे छ ।
तर प्रधानमन्त्री ओलीको निर्देशन आएपछि उहाँले राजीनामा नदिने बताउनुभएको छ । केही नबिगारेको अवस्थामा राजीनामा दिनुनपर्ने नेताहरूले बताएको रावलको भनाइ छ ।