अनेरास्ववियू सुर्खेत क्याम्पस शिक्षाको संयोजकमा कठायत।

अखिल नेपाल रास्ट्रीय स्वतन्त्र बिद्यार्थी युनियन सुर्खेत क्याम्पस शिक्षाको आयोजनामा बिद्यार्थी भेला सम्पन्न भएको छ।
नर बहादुर कठायतको संयोजकत्वमा बसेको बैठकदेखि एकसय एकाउन  सदस्यीय कमिटी गठन गरिएको छ। उक्त कार्यक्रममा प्रमुख अतिथि संगठनका केन्द्रिय सचिवालय सदस्य प्रेम खड्का बिशेष अतिथिमा संगठनका केन्द्रिय सचिवालय सदस्य एवं सुर्खेत क्याम्पस शिक्षाका स्ववियु सभापती चक्र शाही अतिथिमा संगठनका जिल्ला कमिटी संयोजक धुपेन्द्र शाही र सह संयोजक गणेश बहादुर शाहीको सहभागिता थियो।
उक्त भेलामा बोल्दै प्रमुख अतिथि खड्काले एकताको केन्द्रिय कमिटीको संयोजक ऐन महर र जिल्लाको एकता पश्चातको संयोजक धुपेन्द्र शाही रहेको संगठन नै आधिकारिक रहेको र ढुलमुल नभएर हामी सङ्गै ऐक्यबद्धता भएर लाग्न सम्पुर्णमा अनुरोध समेत गर्नुभयो। त्यस्तै ,जिल्ला कमिटी संयोजक शाहीले आफनो संगठन कर्णाली प्रदेशमा बलियो रहेको र जनताले पनि बिगतका प्रधानमन्त्रीले गरेको काम भन्दा हालको सरकारले गरेको कामप्रति जनता सन्तुष्ट रहेको बताउनु भयो । यसै गरि संगठन केन्द्रीय सचिवालय सदस्य तथा स्ववियु सभापति शाहीले देश बिकाश र सुखी नेपाली समृीद्ध नेपाल बनाउन केपी वली बाहेक अरुको मनमा नआयकाले सम्पुर्ण ले वलिको समर्थनमा एकढिक्का भयर लाग्नु पर्नेमा जोड्दिनु भयो ।
संगठनका केन्द्रिय सदस्य तथा सुर्खेतक सह संयोजक शाहिले स्ववियुका धेरै पदाधिकारी हामी सङ्गै रहेको र बिगत देखिनै बिद्यार्थीका समस्याहरु बुझ्दै र समाधान गर्दै आएको र भाबी दिनहरुमा पनि यसै गरि अगाडि बढ्ने प्रतिबद्धता जनाउनुभएको थियो
यसैगरी क्याम्पस कमिटी संयोजक नर बहादुर कठायतले सदा बिद्यार्थी माझ रहने र संगठनको आधिकारिकता आफुहरुले नेतृत्व गरेको संगठन नै भएको दावी गर्नुभयो ।
गलत प्रवृत्ति विरुद्ध खबरदारी गर्नेमा विद्यार्थी को निकै ठुलो भुमिका रहेको हुँदा एकजुट भयर लाग्नुपर्ने बताउनु भयो ।