स्पष्टीकरण सोध्ने व्यक्ति नेकपा एमाले कालिकोटको अध्यक्ष नभइ केपि गुटको अध्यक्ष हुन- प्रमुख रविन्द्र शाही

कालिकोट । जिल्लामा नेकपा एमाले,जिल्ला कमिटी सचिवालय सदस्य एवं स्कुल विभाग प्रमुख रविन्द्र शाहीले आफु लगाएत चार जना नेताहरुलाइ स्पष्टीकरण सोध्ने व्यक्ति नेकपा एमाले कालिकोटको अध्यक्ष नभइ केपि गुटको अध्यक्ष भएको बताएका छन् । शाहीले आफ्नो सामाजिक संजाल फेसबुक मार्फत यसरि लेखेका छन् ।

आदरणिय नेकपा एमाले कालिकोटका कमरेडहरु !!
आज कालिकोटका ४ जना नेकपा एमालेका कमरेडहरुलाई स्पष्टीकरण सोधिएको भन्ने सामाजिक सञ्जालमा हेर्न पाईयो। स्पष्टीकरण सोध्ने व्यक्ति नेकपा एमाले कालिकोटको अध्यक्ष होइनन् उनित केपि गुटको अध्यक्ष हुन् जसले विगतदेखि गुटबन्दी गर्ने,सिंगो पार्टीलाई नसमेटि पार्टीलाई कमजोर वनाउदै यउटा कोठरिमा सिमित राखे र त्यसैमा रमाउदै गए !

हाल एमाले पार्टी विभाजन गर्ने केपिका अतिवाद र अहंकारका विरुद्ध चच्टान झै उभिने माधवकुमार नेपाल विचार समुका पक्षमा लागिरहेका कालिकोटका दुई तिहाइ जिल्ला कमिटी सदस्य कमरेडहरु हुनुहुन्छ। अनि अल्पमतका अध्यक्षले स्पष्टीकरण माग्नुको कुनै औचित्य छैन् । योत आफैमा हास्यास्पद छ। अर्कोतिर जिल्ला कमिटीमा हाम्रो वहुमत देखेपछि अत्तालिएको कमजोर प्रतिगामी मानसिकता हो ।
एमालेका जनतालाई स्पष्टीकरण त त्यस्तो व्यक्तिले दिनुपर्छ।

१) जसले २०७० सालको संविधानसभा निर्वाचनमा पार्टीका उम्मेदवारका विरुद्ध वागि उम्मेदवार हाल्न लगाउने र २३ दिन पछि पार्टीका अध्यक्ष तथा उम्मेदवार कमरेड कुर्मराज शाहीलाई अध्यक्ष पदवाट राजिनामा दिए मात्र धिर वमको वागि उम्मेदवारी फिर्ता गर्ने सर्त राखि धिर वमलाई जिल्ला पार्टीको संयोजक वनाईयो ।
२) जसले सोही ७० को निर्वाचनमा आफ्ना गुटका व्यक्तिहरुको आन्तरिक वैठक वसालि पार्टीका उम्मेदवार कमरेड कुर्मराज शाहीलाई हराउन षड्यन्त्र गरयो र जिल्ला वाहिर भएका मतदातालाई निर्वाचनमा नआउन आन्तरिक सुचना गरियो,जिल्ला पार्टीले तोकेको स्थानमा प्रचार गर्न नगई गुटका मान्छेलाई छुट्टै लगि हिडेको उम्मेदवार हराउन लागि परेको ।

३) स्थानीय तहको निर्वाचनमा ईतिहास वोकेका नेता कार्यकर्ता लाई भन्दा पनि पैसा दिने,कांग्रेस,राप्रपावाट तत्काल पार्टीमा लागेका,आफ्ना गुटका र नातागोतालाई टिकटको सिफारिस गरेको र माधव नेपाल पक्षका उम्मेदवार हराउन पैसा समेत प्रयोग गरि लागि परेको।
४) जसले ७४ को संघिय तथा प्रदेश सभाको निर्वाचनमा जिल्ला भर आफ्ना गुटका व्यक्तिलाई नेपाली कांग्रेसका पैसा खान लगाउदै कांग्रेसलाई मतदान गर्न लगायो । प्रमाणका रुपमा ८÷९ हजार भोट भएको कांग्रेसले १६ हजार भोट लगेको हेर्न सकिन्छ ।

५) ९ औ जिल्ला अधिवेशन पछि कालिकोटको पार्टी विधि पद्धति अनुसार कहिले पनि नचलाएको र पार्टीलाई प्राइभेट लिमिटेड वनाईयो।संस्थागत निर्णय कहिले पनि गरियन पार्टीको लेटरप्याडको चरम दुरुपयोग गरि आफ्नत र गुटका व्यक्तिका लागि प्रयोग गरियो ।
अनि यस्ता नक्कली एमाले जसले पार्टि विपरीत काम गर्छ उसैले स्पष्टीकरण माग्छ । हो कमरेडहरु म अहिले मुख्यमन्त्री महेन्द्र बहादुर शाहीज्युको स्वकीय सचिव हो। नेकपा पार्टीलाई विघटन गर्ने कुचेष्टा केपिले गरिरहेका थिए। जब माधव र प्रचण्ड कमरेडको नेतृत्वमा अहंकारि केपिको संसद विघटन गर्ने प्रतिगामी कदमका विरुद्ध आन्दोलन चलिरहेको थियोे। त्यहि वेला म माधव कमरेडको विचार समुहका तर्फबाट स्वकीय भएकै हो ।

अनि कमरेड महेन्द्र बहमदुर शाही,कमरेड कुर्मराज शाही र कमरेड दुर्ग बहादुर रावतलाई एमाले र माओवादिका नेता कार्यकर्ता र जनताले मतदान गरेका हुन्। मैले पनि सुर्य र हसिया हतौडामा मतदान गरेको हो । म जस्तै हजारौ एमालेले पनि मतदान गरे,अनि मतदान गरेको पार्टीको नेताको स्वकीय वस्न म खुसि छु । जो केपि गुट कालिकोटको नेतृत्व छ उसले कांग्रेसको उम्मेदवारको स्वकीय वस्नुपर्छ किनकि उसले नेपालि कांग्रेसलाई मतदान गर्न लगाएको छ । अनि जब सम्म केपिले २०७५ जेठ २ अघिको एमालेलाई देशभर संचालन गर्दैनन् त्यहाँ सम्म हाम्रो एमाले पार्टी संगठनात्मक गतिविधि गर्दे अघि वढ्नेछ । अवैधानिक कम्युनिस्ट नामधारिको अध्यक्ष भनिएका मान्ठले मागेको अवैधानिक स्पष्टीकरण दिन म मञ्जुर छैन । याद रहोस् इतिहासमा हजारौं सच्चा एमालेले तपाईंको स्पष्टीकरण माग्ने छन् ।क्रान्तिकारी अभिवादन
रवीन्द्र शाही
नेकपा एमाले,जिल्ला कमिटी सचिवालय सदस्य एवं स्कुल विभाग प्रमुख कालिकोट