सेयर बजार १९ अंकले घट्यो, कारोबार पनि कम

काठमाडौँ — सोमबार सेयर बजारको परिसूचक १९.२ अंकले घटेको छ । सो अंकको कमीसँगै परिसूचक २८२९ मा झरेको छ । यस दिन कारोबार रकममा पनि कमी आएको छ । जम्मा ४ अर्ब ४२ करोड रुपैयाँको सेयर किनबेच भयो । यसअघि बुधबार ६ अर्ब ५५ करोड ३० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

फाइनान्स उपसमूह २१ अंकले बढ्यो भने लगानी उपसमूह झिनो अंकमा हरियो रह्यो । बैंकिङ १९, ब्यापार १४, होटल तथा पर्यटन २९ , विकास बैंक ७०, जलविद्युत १३, निर्जीवन बीमा १३७, उत्पादन २९, अन्य २३, माइक्रोफाइनान्स ५५, जीवन बीमा उपसमूह १०० अंकले घटे । कुल ४२ कम्पनीको मूल्य बढ्यो भने १४२ कम्पनीको मूल्य घटेको छ । ३ कम्पनीको मूल्य स्थिर रह्यो ।