बालिका बलात्कारको आरोपमा युवक पक्राउ

२३ कात्तिक, काठमाण्डौ ।

सिरहाकी ४ बर्षीया बालिकासँग जबर्जस्ती करणी गरेको आरोपमा धनुषाका एक युवक पक्राउ परेका छन् ।

सोमबार साँझ सिरहाको कल्याणपुर नगरपालिका वडा नम्बर ११ स्थित आँपको बगैंचामा ४ बर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा उनलाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा धनुषाको कमला नगरपालिका वडा नम्बर ६ बस्ने २० बर्षीय शेष कुमार महतो छन् ।

उनलाई इलाका प्रहरी कार्यालय कल्याणपुरबाट खटिएको टोलीले कल्याणपुर नगरपालिकाको वडा नम्बर ११ स्थित मिलनचौकबाट पक्राउ गरिएको सिरहा प्रहरीका प्रवक्ता एवं डीएसपी सुवास बुढाथोकीले जानकारी दिए ।

पक्राउ परेका महतोलाई सिरहा जिल्ला अदालतबाट ७ दिनको म्याद लिइ थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।