दैलेखको आठबिस नगरपालिकामा एमाले बाट बलियो मेयरको उमेदवार तर्क बडुवाल

दैलेख को आठबिस नगर पालिकामा नेकपा एमालेको तर्फबाट सबैभन्दा बलियो मेयरको उमेदवार तर्क बहादुर बडुवालको रहेकोछ ।

स्थानिय तहको निर्वाचन नजिकिए सँगै दलहरू उम्मेदवार टुंग्याउने कसरतमा लागेका छन् दैलेखको आठविस नगरपालीकामा पनि नेपाली काँग्रेस र माओवादी (केन्द्र)ले सम्भावित उम्मेदवारहरुको नाम सिफारिस गरिसकेका छन भने नेकपा ( एमाले ) ले नगर प्रमुख जितेको आठविस नगरपालीकामा आफ्नो उम्मदेवार टुंग्याउने कसरत गरिरहेको छ ।
हिजो मात्रै नगर कमिटीले आयोजना गरेको भेलामा नगर प्रमुख काे आकांक्षी उम्मदेवार १३ जना रहेका छन । जस मध्ये बलियो उम्मदेवारको रूपमा तर्क बहादुर बडुवालको उम्मेदवारी रहेको छ । गठबन्धन सम्मलाई चुनौती दिन सक्ने उम्मदेवार बडुवाल आठविस नगरका विभिन्न ठाउमा चुनाव प्रचार प्रसारमा जाँदा जनताको मन जित्न सफल र लामो समय राजनैतिक जीवन बिताएका संघर्षशिल व्यक्तित्व हुन |
बडुवाल वि.स. २०१६ साल फागुनमा साविकको तिलपाटा गाविस वडा नं. ५ मा सामान्य परिवारमा जन्मिएर २०३३/३४ सालमा मार्क्सवादअध्ययन केन्द्रबाट राजनितिमा प्रवेश गरि वि. स. २०३६ सालको तत्कालीन पञ्चायति व्यवस्था विरुद्धको आन्दोलनमा सरिक रहेका बडुवाल विगत लामो समयदेखी राजनीतिमा दखल राख्ने ब्यक्तिका रुपमा परिचित छ्न ।