राष्कोट नगरपालिको मेयरमा माओबादीका ७ जनाको दावी, बराल बलियो उम्मेदवार

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि कालिकोट जिल्लाको राष्कोट नगरपालिकाको प्रमुखलागि नेकपा माओबादी केन्द्रको तर्फबाट धेरै आकांक्षीहरुले दावी प्रस्तुत गरेका छन् । राष्कोट नगरपालिकामा भएको नगर कमिटि पूर्ण बैठकमा नगरको मेयरको लागि ७ जनाले दावी प्रस्तुत गरेका हुन्। जस्मा बिश्नु प्रसाद बराल(बिजय),जगत बहादुर शाही(शिखर),कालिबहादुर महतारा,मिमसरा बम(उशा),पदम खड्का (सुवास),धर्मराज शाही(पोषण),भैरे तिरुवा (लाइट)को नगर प्रमुख रस्सा कस्सी देखिएका छन् ।

मेयरमा बराल बलियो भएको चर्चा
नगरपालिकाको मेयर पदमा दावी प्रस्तुत गर्ने मध्ये बिश्नु प्रसाद बराल –बिजय) मेयरमा पार्टी जिताउनका लागि आफु मात्र बलियो उम्मेदवार रहेको र आम कार्यकर्ताको भावना अनुरुप अगाडी बढ्ने बताएका उनले मेयर पदको लागि उम्मेदवारी मनोनयन गर्दा वडा सदस्य पदबाट राजिनामा दिएर आउनुपर्ने हुन्छ। त्यसो हुँदा कार्यकाल कायमै रहेको अवस्थामा वडा सदस्य पद रिक्त हुनेछ।
बराल २०७४ मा आफू वडा सदस्य निर्वाचित भएपछी विकास निर्माण र जनताको सुखदुखमा अब्बल काम गरेको भन्दै सबैभन्दा धेरै जनताको मनमा बस्न सफल व्यक्ति हुन्। तसर्थ उनलाई राष्कोट नगरपालिकाको साबिकको फुकोटका जनताले समेत ठूलो भरोसाको रुपमा लिएका छन्। फुकोट वडा नं.८ को मात्र प्रतिनिधि रहँदा नगरका जनताको भावना कदर नहुनेहुदा राष्कोटको नगर प्रमुखमा जिताएर रास्कोटको बिकासगरेको हेर्ने अधिकांश नगरबासीको समेत चाहना छ।

धर्मराज शाही (पोषण) -यस्तो अवस्थामा मेयरको टिकट दावेदारको लाइनमा रहेका अर्का युवा नेता राष्कोट बढालाका धर्मराज शाही (पोषण) प्रबल र बलियो दावेदार रहेको दावी गरिएको छ। बिगतमा पार्टीलाइ बचाउन महत्व पुर्ण योगदान गरेको र राष्कोट नगरपालिकाको नगर पार्टी अध्यक्ष भइ जनतामा भिजेर काम गरेको उनको दाबि छ । यति मात्र नभइ उनि यता पुर्ब मुख्यमन्त्री महेन्द्र बहादुर शाह्ीको निकट मानिने भएकाले राजनितिक पावरमा बलियो देखिएको हुदा आफू चुनाब जित्ने सबैभन्दा बलियो व्यक्ति रहेको दावी गर्छन।

जगत बहादुर शाही शिखर –विगत १० वर्षीय जनयुद्ध देखिनै पार्टीमा इमान्दार नेताको रुपमा चिनिदै आएका छन् उनका अनुसार भूगोलमा रही राजनीतिक यात्रामा छु,यहाँको विकास निर्माणका समस्या तथा सम्भावनाको विषयमा समेत म पूर्णरुपमा अभ्यस्त छु । तसर्थ आसन्न स्थानीय निर्वाचममा स्थानीय सरकारको जिम्मेवारीमा रहेर जनताको पक्षमा उत्कृष्ट काम गर्ने मेरो योजना छ।”
साथै उनले चुनावी अभियान तथा प्रचारको क्रममा अन्य उम्मेदवार तथा दलका नेताले जस्तो विपक्षीलाई गाली गरेर मत नमाग्ने भन्दै असल र जनमैत्री योजना सहित जनताको मनमा बस्ने बताए । उनीनिकट पार्टीका एक कार्यकर्ता ले भने आफु उठेको छैन चुनावी मैदानबाट कहिल्यै हार्न नजानेको र सबैलाई खुसी राख्न समेत खुबी भएको नेता शाही भएको बताए ।

कालि बहादुर महतारा- यस्तै अर्को उम्मेदार रुपमा कालि बहादुर महतारा देखा परेका छन् उनी आफु जिल्ला तथा स्थानीय क्षेत्रको विकासमा आफु कुनै पद र जिम्मेवारीमा रहँदा वा नरहँदा उत्तिकै सक्रिय रहेको बताउँछन् । आफू उम्मेदवारको रुपमा अगाडि बढ्दा सबै वडाका मतदाताले कुनै राजनीतिक दलको उम्मेदवार भन्दा पनि कुशल,विकासप्रेमी र योग्य उम्मेदवारको रुपमा भोट दिने उनको दृढ विश्वास रहेको छ।

मिमशरा बम (उषा) -नगरपालिकाको मेयर पदमा दावी प्रस्तुत गर्नेमध्ये महिलाबाट वाहालवाला राष्कोट नगरपालिकाको नगर उप प्रमुख मिमशरा बम (उशा)छन। राष्कोट नगरपालिकाको महिला बाट आफ़ु मात्र बलियो उम्मेदवार रहेको र आम कार्यकर्ताको भावना अनुरुप अगाडी बढ्ने बताएकी  उनले मेयर पदको लागि उम्मेदवारी मनोनयन गर्दा उप प्रमुख पदबाट राजिनामा दिएर आउनुपर्ने हुन्छ। त्यसो हुँदा कार्यकाल कायमै रहेको अवस्थामा उक्तm पद रिक्त हुनेछ। आफु निर्वाचित भएपछी विकास निर्माण र जनताको सुखदुखमा अब्बल काम गरेको भन्दै नगर प्रमुखका दाबि गरेकि छन् । तर यता नागरिक भने उनिबाट भने जस्तो खुसि देखिदैनन् । निर्बाचित भइ सकेपछि केहि बिकासिय योजनाले गर्दा बिबादमा सम्मेत उप प्रमुख तानिएकी थिइन ।

पदम बहादुर खड्का (सुवास) एक इमान्दा नेताको रुपमा चिनिदै आएका छन् बिगत लामो समयदेखि पालो कुरेर बसेका खड्का पुर्ब जनमुक्तmी सेनाका कमान्डर र घाइते र तत्कालिन माओबादी संगठनको सचिवालय सदस्य रहेर काम गरिरहेका खड्का पावर पहुच नहुदा पछारएिका छन् । तर जनताको आँकाँङछा भने खड्प्रति बढेको देखिन्छ । यतिबेलाको निर्बाचनमा नगर प्रमुखमा ब्याग नहुने अस्थामा देखिन्छन् खड्का । उनि चुनावमा गय नागरिको बलियो उम्मेद्धार देखिन्छन् ।

भैरे तिरुवा (लाइट) दलित बस्तीहरुको प्रतिनिधित्व गर्दे बिगत १० बर्षिय जनयुद्धमा लागेका तिरुवा पार्टीको बिभिन्न संगठनको जिम्मेवारी समाहाल्दै लामो संर्गर्स गदै आएको बताउँछ्न उनि भन्छ्न दलित बस्तीहरुका आवाज उठाउन मात्र नभै सबैनागरिको आवाज उठाउनका लागी मेरो उम्मेद्धारी नगर प्रमुखमा रहेको बताउछन् । तर जनताले इमान्दार र सिधा नेताको रुपमा उनलाइ हेर्ने गरेको एक कार्यकर्ता बताए । उन्ले भने अब हरेक ठाउमा दलितको सहभागिता गराउँछ भन्ने तर सबै भन्दा बढि अहिले पनि पेलिने भनेको नै दलित समुदाय भएकाले कम्युनिष्टको एजेन्डा पुरा गर्ने गरि मेरो उम्मेदारी नगर प्रमुखमा रहेका बताए । तर नेता भैरे तिरुवा पार्टी जिम्मेवारीको हिसाबमा माथि भए पनि केन्द्रीय नेताको पहुचमा नभयएको देखिन्छ ।

अन्तमा तर यदि नेपाली काँग्रेश संग सहकार्यगरेर माओबादि बाट धर्मराज पोषण नगर प्रमुख र काँग्रेश लाई उप्र प्रमुख दिए पछि दुबै उम्मेद्धारा साबिकको स्युना गाबिस बाट भयो भने समाजबादिको एकल उम्मेद्धार फुकोट हुने छ । र मावबादी पार्टि नै ठुलो दुर्घटना प्रर्ने देखिन्छ ।

ति मात्र हैन यदि समाजबादि सगं सहकार्य गरेर जादा समाजबादिले उपाध्यक्ष लिएर चुनावमा जाने बराल लाइ सहयोग गर्ने देखिन्छ । यदि राष्कोटमा काँग्रेश संग सहकार्य गरेर नगर प्रमुखमा माओबादी केन्द्र लिने र उप प्रमुख नेपाली काँग्रेसलाइ दिनेहो भने । समाजबादि फुकोट बाट एकल भिड्ने सम्भावना देखिन्छ । तेसो भयो भने मावबादिले ठुलो क्षेति ब्यहोरनु प्रर्ने देखिन्छ ।