स्वतन्त्र अध्यक्ष बमले गरे जनमुखी बिकास गर्ने निणयहरु ,यस्ता छन्।

कालिकोट जिल्ला को पलाँता गाउँपालिका वडा नं ७ ले वडामा रहेका आमनागरिक लाई मध्यनजर गर्दै विभिन्न नयाँ निर्णय हरु वडामा पारित गरेकोछ ।  कल ब, वम, उमेश, वडा अध्यक्ष को पहल र अन्य सदस्य हरुको सक्रियतामा निर्णय गरिएको हो ।वडाभित्र रहेका खर छाना मुक्त गर्नको लागि तत्काल २६ घर लाई छाना मुक्त गर्ने निर्णय गरिसकेको अध्यक्ष बमले जान्कारी दिनुभयो । एस्तै नव निर्बाचित जनप्रतिनिधिले वडा नं ७ मा रहेका सहिद,घाइते,अपाङ्ग,एकल महिला लाई सिफारिस को राजस्व छुट , सहिद भएका नागरिकहरुकालागी पार्क निर्माण गरि स्तमभ निर्माण गर्ने सडक को पहुँच सबै ठाउँमा पुगाउने चंखेली गडवाली दसम्म सडक सधुरा हेराउने दाइखाडा भेरा देखी गैरिखाली सडक निर्माण गर्ने निर्णय गरिएको छ।

शिक्षा स्वास्थ तर्फ ( माडुगडा आ।वि । लाई निमाबी संचालन गर्ने , र पुराना भवन मर्मत तथा नयाँ भवन निर्माण गर्ने ( एस्तै वडामा स्वास्थ एकाइ माग गरि संन्चालमा ल्याने र नागरिक लाई स्वास्थमा सेवादिने । प्रत्येक वडा भित्रका घर घर मा बिद्युतको पहुँच पुगाउने र खानेपानी तथा सिचाइ कुलो र पोखरी निर्माण गर्ने । दलित तथा बेरोजगार युवा हरुलाइ रोजगारि को लागी सीप मुलक ताली दिएर रोजगार तर्फ उन्मुख गराउने । वडा भित्रका प्रत्येक टोल टोलमा रहेका खेतीयोग्य जमिन को माटो परिक्षण गरि कृषि मा जोड दिने र बिउँबिजन उपलब्ध गर्ने जस्ता थुप्रै निर्णय हरु वडाले गरेको अध्यक्ष वम ले जान्कारी गर्नुभयो ।