एमाले प्रति जन्तामा उत्साह छायकोछ बिनोद शाह

दैलेख : निर्वाचन क्षेत्र नम्बर–२ प्रदेशसभा (२)बाट उम्मेदवार विनोदकुमार शाहले एमालेप्रति जनतामा उत्साह छाएको बताएका छन्। आइतबार दैलेखको ठाटीकाँध गाउँपालिकामा भएको चुनावी सभालाई सम्बोधन गर्दै उम्मेदवार शाहले जनतामा एमालेप्रति उत्साह छाएको बताएका हुन्।

शाहले भने, ‘म हिजोदेखि आजसम्म यी गाउँ बस्तीका खोला नालाहरुमा हजुरहरुसँगै सुखदुख साट्दैँ धेरै समय पार गरिसकेको छु। आजको समयसम्म पनि उस्तै उत्साह छ। आजकाे चुनावी सभामा गाउँ–गाउँबाट, वडा–वडाबाट एमालेप्रति जुन आस, भरोसा र उत्साह बोकेर आउँनु भएका आमाबुबा, दाजुभाई तथा दिदीबहिनीहरुलाई धन्यवाद व्यक्त गर्न चाहान्छु।’

यस्तै, शाहले आफ्ना बिचार तथा कुराहरु जनताका माझ राख्दै आएको र जनातका सुखःदुखहरु साट्दै उनिहरुको गुनासा र समस्यालाई समाधानका लागि आफु निरन्तर लागि परेको दाबी गरे।

उनले भने, ‘जनातका गुनासोहरु सुन्ने गरेका छाैँ। हाम्रो समाज हिजोको समाजभन्दा धेरै सुधारहुँदै गएको छ। दैलेखवासी आम जनताहरुको गुनासो र मागको थप सम्बोधनका लागि यसपटक मेरो उम्मेदवारी रहेको शाहको भनाइ छ ।