राष्ट्रसेवक कर्मचारी कुमार रेग्मीकाे कता हिडेकी गीत सार्वजनिक (भिडियाे)

सुर्खेत । राष्ट्रसेवक कर्मचारी कुमार रेग्मीले कता हिडेकी गीत सार्वजनिक गरेका छन् । सामाजिक विकास मन्त्रालयमा कार्यरत लेखा अधिकृत समेत रहेका कलाकार रेग्मीले कता हिडेकी बोलको आधुनिक गीत जाेसेफ शाही अफिसियल युट्युव च्यानलबाट सार्वजनिक गरेका हुन् ।

बाल्यकालदेखि नै गीत संगीतप्रति रुची राख्ने रेग्मीले नयाँ सार्वजनिक गरेकाे गीतमा मनपरेकी प्रेमिकालाई आफ्नो बनाउन अनेकौं भावना अभिव्यक्त गरेकाे गीतमा कथा समावेश गरेका छन् । लय र शव्द रेग्मीकै रहेको गीतमा गायक  जाेसेफ शाहीले स्वर दिएका छन् । गीतमा मोडल मिस पवि, विनयकराज पाेखरेल र कुमार रेग्मीको अभिनय छ ।

ललितपुरका विभिन्न स्थानका दृष्य समावेश गरिएको म्युजिक भिडियोको छाँयाकन गाैरव गिरीले गरेका छन् । भाग्य एल्बम पहिलो रहेको रेग्मीले बताए । उनले दैलेख बजार बोलको दोस्रो, दुखारी मन तेस्राे, चाैथाेमा माया गर्दा, पाँचाै म एक्लैछु, छैटाैंमा कता हिडेकी गीत सार्वजनिक गरेका हुन् ।

सरकारी सेवामा कार्यरत रेग्मी विशुद्ध एकल लगानीमा नयाँ नयाँ गितहरू सार्वजनिक गर्दै आइरहेका छन् । कर्म सरकारी सेवा बनाएपनि रेग्मी विवादरहित राष्ट्रसेवकका रूपमा चिनिन्छन् । आगामी दिनमा दर्शकहरूका लागि थप सांगितिक सृर्जनाहरू पस्कनमा कुनै कमी नराख्ने प्रतिवद्धता जनाएका छन् ।