सिद्दपाईला इङ्गलिसका प्रिन्सिपल खत्रीलाई इनोभेटिभ प्रिन्सिपल अवार्ड

सुर्खेत । एक्जिटो एजुकेसन,अष्ट्रेलिया द्वारा सिङ्गापुरमा आयोजित ‘एक्जिटो इन्टरनेशनल एक्सिलेन्स अवार्ड २०२३’ सम्पन्न भएको छ । एक्जिटो एजुकेसन, अष्ट्रेलियाको आयोजना, सो कार्यक्रम सम्पन्न भएको हो ।

एक्जिटो इभेन्ट्सको ब्यबस्थापन तथा अनुजा मिडिया नेपालको संयोजनमा सम्पन्न कार्यक्रममा शिक्षा क्षेत्रमा योगदान दिएका ३३ जना स्कुल सन्चालक तथा स्कुलहरुलाई एक्जिटो इन्टरनेशनल एक्सिलेन्स अवार्ड २०२३ द्वारा सम्मानित गरेको छ ।

सिङ्गापुरमा आयोजित विशेष कार्यक्रममा प्रमुख अतिथि रहेका लिंकन युनिभर्सिटीका प्रो. चान्सलर प्रोफेसर दातुक डाक्टर हज्जा बीबी फेलिरना अब्दुलहा र एक्जिटो एजुकेसनका निर्देशक सचेत वीदीजनले संयुक्त रुपमा अवार्ड प्रदान गरेका हुन् ।

कार्यक्रममा नेपालभरिबाट छनोटमा परेका विभिन्न स्कुल, कलेज, स्कुल संचालक तथा प्रिन्सिपलहरुलाई शिक्षा क्षेत्रको विकासमा पुर्याएको योगदानलाई कदर गर्दै उक्त अन्तरराष्ट्रिय अवार्ड प्रदान गरेको हो ।

उक्त कार्यक्रममा कर्णाली प्रदेशबाट नेपाल बुद्धिजीवी परिषद कर्णालीका अध्यक्ष ,प्याब्सन केन्द्रीय कार्यसमितिका उपाध्यक्ष , सिद्दपाईला इङ्गलिस मिडियम सेकेन्डरी स्कुलका संचालक प्रिन्सिपल नैनसिंह खत्रीलाई इनोभेटिभ प्रिन्सिपल अवार्ड प्रदान गरिएको छ ।

एक्जिटो एजुकेसनका निर्देशक सचेत वीदीजनले शिक्षा क्षेत्रको विकासमा उलेख्य योगदान पुर्याएका ३३ वटा स्कुल तथा स्कुल संचालकहरुलाई छनोट गरी पहिलो पटक सम्मान गरिएको र यसलाई प्रत्येक वर्ष निरन्तरता दिइने बताए ।