रास्कोट,सुर्खेत सम्पर्कमञ्च ,अध्यक्षमा पुर्व माओवादी सेना कमाण्डर पशुराम धमाला

कालिकोट रास्कोट नगरपालिका निवासी प्रदेश राजधानि सुर्खेतमा बसोवास गर्दै आएका माओवादी केन्द्र निकटहरूको भेलाले सुर्खेत रास्कोट सम्पर्क मञ्च गठन गरेको छ ।

२०८० भदौ १ गते सुर्खेत स्थित होटेलरारा भिजिटको सभाहलमा आयोजित भेलाले नेकपा माओवादी केन्द्र निकट रास्कोट सुर्खेत सम्पर्क मञ्च गठन गरेको
हो । कालिकोट संघिय संसद तथा माओवादी नेता पुर्व कर्णाली प्रदेश मुख्यमन्त्री महेन्द्र ब शाहीको प्रमुख अतिथ्यथामा र  कालिकोट जिल्ला ईन्चार्ज बिष्णु
बि.क,प्रदेश कमिटि सदश्य मिमशसरा बंम (उसा) रास्कोट पार्टी नेताहरू इन्चार्ज बिष्णु बराल, पार्टी अध्यक्ष पदम खड्का सुवास र प्रदेश कमिटिका सदस्यहरू काली ब महतारा, जगत ब शाही सिखर
, लगाएतको उपस्थितिमा पार्टी रास्कोट नगरकमिटीका पदाधिकारी नेताहरूको उपस्थितिमा कमिटि गठन गरिएको हो ।

नगरपालिका स्थायी बासिन्दाभई प्रदेश राजधानि सुर्खेत बसोबास गर्ने नेकपा माओवादी केन्द्र आस्थावानहरूले पार्टीको कामका लागि तदर्थ समिति गठन गरेको छ ।
पुर्व जनमुक्ति सेनाका कमाण्डर पशुराम धमालाको अध्यक्षयतामा मन्जु न्यौपाने, अम्मल कार्की, सरला महतारा, बालकेस तिरूवा,जग धमाला मैना
शाही, जीवन सिमखाडा उसा योगी सदस्य रहेको समिति गठन भएको छ ।