नगरको जनमुखि बिकासमा यसरी जुटेकाछौ नगर प्रमुख रतन बहादुर शाही

                        कालिकोट,२८    कालिकोट जिल्लामा रहेको तिलागुफा नगरपालिकाले नगरपालिकाका ९ ओटा वडामा सडक सञ्जाल पुगाउन सफल भएको छ । स्थानिय तहको निर्बाचन हुनु पुर्व कर्णालि राजमार्गले केहि गाउँबस्तीमा टच भएता पनि निर्बाचन भएको दुई बर्ष भित्र नगरपालिकाकाको पहलमा सम्पुर्ण वडामा सडक सञ्जाल बिस्तार गरिएको छ । यो सडकलाइ बाकि कार्याकाल भित्र स्तरउन्ती गरेर लैजाने नगरपालिकाका नगर प्रमुख रतन बहादुर शाहीले बताउनु भयो ।

                     यो नगरपालिकाका सबै वडालाई सडक संञ्जाल बिस्तार भए सगै गाडि गुडे पछि स्थानिय बासिहरुको अनुहारमा खुसियालि छाएको छ । । सबै भन्दा उदारणिय काम यो नगरपालिकाको वडा नं।९, १० र ११ को बिचमा पर्ने तिला नदि भएकाले उक्त नदि बाट गाडि आवतजावत गर्नेका पक्की पुल नभएपछि तत्तकालका लागी भए पनि जनतालाइ सेवा दिनकालागी काठको पुल निर्माण गरि साना सवारि साधन संञ्चालनमा ल्याइएको छ ।

कालिकोट जिल्लालाई, अति दुर्गम तथा पिछडियको छेत्रको रुपमा लिईने गरेको छ । दुर्गम क्षेत्र घोषणा गरेको यो नगरपालिकालाई नयाँ संरचना सगै यो नगरपालिकालाई जिल्लाकै नमूना नगरपालिका बनाउने अभियानमा लागेको नगरपालिका प्रमुख रतन बहादुर शाहीले बताउनु भयो ।

हालसम्म यति काम सम्पन्न गरेका छौ 

 तीलागुफा नगरपालिकाको १० वटै वडामा सडक बाटो बिस्तार ।
 नगरपालिकाको ५ वटा वडामा विद्युत विस्तार, ११ वटै वडामा वर्थिङ सेन्टरबाट सेवा सुचारु
 आरआरएन, सिडीपीको सहयोगमा ६ नं. वडा कार्यालयको नमुना वडा भवन निर्माण सम्पन्न
 वडा नं. ९ को एउटा बस्तीमा १ घर १ धारा वृहत खानेपानी आयोजना सम्पन्न
 कृषि शाखाबाट किसानहरुलाई अनुदानमा विभिन्न किसिमका विरुवाहरु, विउहरु, मल र औजारहरु वितरण
 तीलागुफा नगरपालिका नामाकरण भएको गुफासम्म जाने बाटो आरसिसि र नदीमा झुलङ्गुे पुल निर्माण
 नाग्मघाट र बालीघाटमा सार्वजनिक सौचालय निर्माण सम्पन्न ।
 आधारभुत शिक्षालाई प्रभावकारी बनाउन तीलागुफा नगरपालिकाका ११ वटै वडामा रहेका बालविकास केन्द्रको  सिकाईलाई प्रभावकारी बनाउन नगर शिक्षा समितिले आवश्यक अनुगमन र मूल्याङ्कन थालनी ।
 तीलागुफाको पर्यटकीय क्षेत्र पुगमालिका र चुलीमालिकामा ३ वटा धर्मशालाको निर्माण ।
 विभिन्न विपद्बाट प्रभावित समुदायहरुलाई आवश्यक राहत वितरण ।
 तीलागुफाका १, २, ३ र ४ नं. वडामा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा । १ र ३ वडा छाउपडी प्रथा मुक्त घोषणा ।
 पूर्ण खोपयुक्त नगरपालिका घोषणा गरेका छौ

बालमैत्रि स्थानिय शासन युक्त वडा हरु घोषणा गर्नेमा कर्णालि प्रदेशकै पहिलो नगरपालिकाको रुपमा चिनिने यो नगरपालिकामा बन्ने भौतिक संरचनाहरु पनि बालमैत्रि र अपांगमैत्रि बनाउन सुरु गरिएको छ । जिल्लामै जातिय भेदभाव तथा छुवाछुत र छाउगोठ मुक्त नगर पालिका बनाउन पनि जनप्रतिनिधिहरु सक्रिय रहेको देखिन्छ ।

कालिकोट जिल्लाकै सबै भन्दा बढि स्याउ उत्पादन हुने यो नगर पालिकामा स्याउ जाम उत्पादन केन्द्र, स्याउ चिस्यान केन्द्र जस्ता बिभिन्न खाले उद्योगहरु संचालन भएका छन् । बिश्वकै दुर्लभ मानिने जनावर रेडपाण्डा पनि यो नगर पालिकामा देख्न सकिन्छ । जिल्लाकै सबैभन्दा बढि जडिबुटिहरु सतुवा, खिरौलो, यास्रागुम्बा, पाँचऔले, चिराईतो, सुगन्धवाल, रातो च्याउ जस्ता बिभिन्न जातका बहुमुल्य जडिबुटिहरु पनि यो नगरपालिकामा पाईन्छन् ।

जिल्लाकै महत्वपुर्ण पर्यटकिय क्षेत्र भएको यो नगरपालिकामा तिला गुफा, रुडुबन्चु, त्रिबेणी पाटन जस्ता धेरै पर्यटकिय स्थलहरु रहेका छन् ।