रास्कोट नगरपालिका वडा नं.८ को वडा अध्यक्षमा युवा ब्यवासायी कमल बरालको उम्मेद्धारी घोषणा

कालिकोट । आगामी बैशाखमा हुने स्थानीय तह निर्वाचनमा नेकपा एमालेमा सांगठनिक रुपमा काम गर्दे आएका सफल युवा ब्यवसायी तथा उद्योग बाणिज्य संघ कालिकोटका सचिव कमल राज बरालले राष्कोट नगरपालिकाको वडा नंं ८मा आफु वडा अध्यक्ष पदमा उम्मेद्धारी दिने तयारी रहेको बताएका छन् । बिगत लामोसमय देखि रास्कोट नगरपालिकामा ब्यवसायी गर्दे आएका बराल स्थानिय तह निर्बाचन नजिकिय संगै जनतामा जाने तयारी गरेका हुन । बराले भने म भुगोलमा बसेको छु हरेक जनताको समस्या बुझेको छु धेरै मेरा वडाका जनतालाइ सहयो पनि गरेको छु अझ वडामा धेरै बिकास गर्नु  छ । तेसैले ती अधुरा रहेका बिकसकामहरु पुरा गर्नेका लागी वडा अध्यक्ष लड्ने तयारी गरेको बताए ।

यदि आफुलाइ जनताले साथ दिय वडामा हुने हरेक कार्यक्रम हरुको प्रतेक ६ र ६ महिना को सार्बजनिक सुनुवाइ गरी सुसासन कायम गर्ने,बिपन्न बाल्बालिका लाई आपतकालीन सेवा दिने ब्याबस्था मिलाउने पहल गर्ने बाखर्कोट ,सिम,पानीखोलाका जोखिम बस्तिहरुलाई एकिकृत गरि वडा नम्बर ८ लाई नमुना बस्ती बनाउनेमा ठूलो पहल गर्ने,शिक्षा छेत्रमा प्रतेक बिध्यालय परिवार र अभिभावक बिच नौलो र फरक तरिकाका बौधिक कार्यक्रम हरु सन्चालन गर्ने बिद्धुत लाईन नपुगेका बस्तिहरुलाई बिद्धुत उपलब्ध गराईने १ खानेपानी को समस्या भयका बस्तिहरुमा खानेपानी को ब्याबस्थापन गरर्ने कृषि ,उधोग ,पर्यटन ,पशुपालन र अर्थिक बिकास का निम्ति थुप्रै साना तथा मझौला नितिगत एबम भौतिक बिकास  गर्ने दलित ,महिला,अपाँग टुहुरा बालबालिका र बिर्धहरुलाई बिसे कार्यक्रम संञ्चालन गरि जिबिको पार्जनमा सहता ल्याउने गरि काम गर्ने लक्ष्य रहेको बताउनु भयो । तथापि मेरो उम्मेद्धारी वडा नं.८ का जनता र बौधिक ब्याक्तीहरु संग सरसल्लाहाँ बोबोमिज काम गर्ने प्रतिबद्धता सहित जनताको माझमा जाने बरालले बताउनु भयो ।