कालीकोटः नेत्रबिक्रम चन्द नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीले कर्णाली करिडोरमा संचालन भईरहेका ट्रकहरुको भाडादर नघटे कारबाही गर्ने चेतावनी दिएको छ ।
नेकपा कालिकोटका जिल्ला सेक्रेटरी मनीलाल ऐडी रणदीपले कर्णाली करिडोरको जिते बजारदेखी घाटा चौर तथा जितेबजारदेखी रास्कोटको शेरा चौरसम्म संचालन हुने ट्रकहरुले प्रति किलो सामानको ७ रुपैया भाडा लिएर नागरिकलाई सास्ती दिएको भन्दै भाडादर नघटाए कारबाही गर्ने चेतावनी दिएका छन् ।
जिल्लाव्यापी संगठन निर्माणको अभियान थालिरहेको नेकपाका सेक्रेटरी रणदीपले कर्णाली करिडोरमा नेपाली सेना र स्थानिय प्रशासनको अनुमतीमा निर्माण व्यवसायी टोपनारायण चालिसेका तीन वटा ट्रकहरुले करिडोर आसपासका व्यपारी तथा स्थानिय नागरिकको डाड सेक्ने गरी भाडा लिएर ठगी गरेको बताउदै तत्काल भाडा दर घटाउन माग गरेका छन् । उनले भने ‘स्थानिय नागरिकहरु र व्यपारीहरुले कर्णाली करिडोरमा संचालन भईरहेका ट्रकहरुले महंगो भाडा लिएको भन्ने उजुरी हाम्रो जनअदालतमा उजुरी आएको छ । जनअदालतले छानबिन गरिरहेको छ । तत्काल भाडा दर नघटाएपछि महंगो भाडा लिएर नागरिकलाई लुट्ने ट्रकको मालिकलाई हामी जनकारबाही गर्छौँ ।’
आईतबारर दाँहा गाँउ कमिटिले आयोजना गरेको कार्यक्रमका प्रमुख अतिथि समेत रहेका ऐडीले मुलुकमा बैज्ञानीक समाजबाद नआएसम्म परिवर्तन सम्भव नहुने दाबी गरे । नेकपाले जिल्लाव्यापी बिभिन्न कार्यक्रमहरु गर्दै पार्टीका गतिबिधिहरुलाई बढाएको छ । साभार karnalipati
स्मार्ट कर्णाली । ३० पुष २०७५, सोमबार ०९:१८ बजे