बिप्लवकाे खाेजिमा सूरक्षा निकायकाे टाेलि गाँउ–गाउँ तर्फ

कालिकोट – नेत्रबिक्रम चन्द नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीका नेता तथा कार्यकर्ता खोज्दै सूरक्षा निकायको संयुक्त गस्ति गाँउ तिर लागेको छ । नेपाली सेनाको रणसुर गुल्म पति सेनानी अमृत थापा मगरको नेतृत्वको नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको सयुक्त सूरक्षा फौँज बिप्लवका नेता तथा कार्यकर्ता खोज्दै मंगलबार गाँउ तिर लागेको हो ।
बिप्लव नेतृत्वको नेकपाको पकड क्षेत्रका रुपमा रहेको कालिकोटमा सुरक्षा चुनौती थपिएपछि जिल्लाका तीन वटै सुरक्षा निकायले सयुक्त रुपमा गाँउ केन्द्रीत गस्ती गर्न सुरु गरेका हुन् । नेपाली सेनाको रणसुर गुल्मपती सेनानी अमृत थापा मगरले मंगलबार जिल्लाबाट गाँउ हिडेको तिन वटै सुरक्षा निकायको टोली जिल्लाको शान्नित्रिवेणी गाँउपालिका, रास्कोट नगरपालिका हुँदै नरहरीनाथ गाँउपालिका जाने तयारी रहेको बताए । उनले भने, तीन वटै सुरक्षा निकायको गस्ती सहित कुमालगाँउमा बुधबार नरहरीनाथ गाँउपालिकाको केन्द्र कुमालगाँउमा स्वास्थ्य शिविर पनि संचालन गर्ने तयारी छ । नेपाल सरकारको निर्देशनमा जिल्लाका सुरक्षा निकाय गाँउ केन्द्रीत भएपछि गाँउमा स्थानिय नागरिकहरु त्रसित भएका छन् । विगत २०५२ सालको सशष्त्र द्धन्द्धको समयमा निकै प्रभावीत भएकाले स्थानिय नागरिकहरु पुन उस्तै द्धन्द्धको पीडा दोहोरिन्छकी भनेर चिन्ता व्यक्त गर्न थालेका छन् ।

विप्लव र प्रकाण्ड कालिकोट आएको आशंका

जिल्लाका सुरक्षा निकायहरुले नेकपाका महासचिव नेत्रबिक्रम चन्द र पार्टी प्रवक्ता खड्गबहादुर बिश्वकर्मा कालिकोट आएको आशंका गरेका छन् । बिप्लव सहित नेकपाका उच्च तहका नेताहरु कालिकोट आएको भन्ने सूचना प्राप्त भएकाले उनीहरुलाई घेराउ गरी पक्राउ गर्न गाँउ केन्द्रीत गस्ती सुरु गरिएको जिल्ला प्रहरी प्रमूख डिएसपी बिनोद शर्माले बताए । उनले भने, एसईई दिने बिद्यार्थीहरुलाई रातो टिसट लगाएर माल्कोटको जंगलमा लाठी बोकाएर कुुदाईरहेका छन भन्ने खबर पाएका छौँ । तिनिहरुलाई घर फर्काउन व्यापक रुपमा प्रहरी परिचालन गरेका छौँ ।
यही चैत १० गतेबाट एसईई परिक्षा संचालन हुँदैछ । कालिकोटमा नेकपाका नेताहरुले गाँउ गाँउबाट एसईई दिने बिद्यार्थीहरुलाई पार्टीको अभियान भन्दै लिने गरेका छन् । डिएसपी शर्माले भने, हामी हरेक गाँउमा गएर अभिभावकहरुलाई पनि सम्झाउछौँ । उनले भने, जिल्लाको विकट पलाँतामा बिप्लवको कार्यक्रम छ भन्ने खबर छ । हामी जिल्लाका कुनै पनि स्थानिय तहमा बिप्लवलाई कार्यक्रम गर्न दिदैनौँ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत हरेक वडामा नेपालको संबिधानको उत्कृष्टताका बारेमा जनचेतना जगाउने अभियान थाल्छौ । कालिकोट जिल्लाका प्रमूख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीले जिल्ला निकै शान्त रहेको बताए । उनले भने, नेपाली सेना, नेपाल प्रहरी र सशष्त्र प्रहरी बलको सयुक्त गस्ती आजबाट गाँउ तिर गएको छ । नेकपाका नेताहरुको बारेमा सूचना संकलन गर्ने कार्य पनि भईरहेको छ ।

प्रहरी र जनप्रतिनिधिलाइ गाँउ छिर्न रोक

यता नेपाल कम्यूनिष्ट पार्टी निकट युवा संगठन नेपालका कर्णाली ब्यूरो ईन्चार्ज सितल बिष्टले आफुहरु सरकारका गतिबिधिको सशक्त प्रतिबाद गर्न तयार रहेको बताए । उनले भने, हामीसँग कोटवाडाबाटै जिल्ला सदरमुकाम हान्ने ताकत छ । हामी भ्रष्ट जनप्रतिनिधि र प्रहरीलाई गाँउ छिर्न दिदैनौँ । पार्टीका गतिबिधिहरुलाई अभियानात्मक रुपमा गरिरहेका छौ ।
उनले भने, एकिकृत जनक्रान्तिको कार्यदिशा लिएर हामी गाँउमा छौ । मुलुकभर निर्दोष कार्यकर्ताहरुलाई पक्राउ गर्ने, धर पकड गर्ने कार्य सरकारले गरिरहेको छ । यसको बिरुद्धमा आवश्यकता अनुसार बम गोला पट्काउने तयारी छ । पार्टी त्यसका लागि पुर्ण रुपमा तयार रहेको बताए । उनले कालिकोटमा जनसत्ता घोषणाको तयारी रहेको बताए । जिल्लामा जनसत्ता घोषणाको तयारी गरेका छौ । उनले भने, पार्टी सान्त रुपमा राजनीतिमा अगाडी बढिरहका बेला सरकारले नै आफुहरुलाई अर्ध भुमिगत हुन बाध्य पारेको हो । हामी अहिले अर्थ भुमीगत भएका छौँ  ।